काठमाडौं, भदौ ५ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो ३ः१४ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुने छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेका जानकारी सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले दिनुभयो ।