प्रदेश सभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित
बागमती प्रदेश सभाको दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक पुनः विशेष कारणवश भन्दै सूचना टाँस गरेर स्थगित गर्दै बुधबार दिउँसोका लागि बोलाइएको छ ।
विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।
सरकार आफ्नो दल र नेताभन्दा जनताप्रति उत्तरदायी हुनुपर्छ : सांसद पन्त
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
बागमती प्रदेश सभाको बैठक आज बस्दै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । एक महिनाभन्दा बढी समयपछि मङ्गलबार प्रदेश सभाको बैठक बस्न लागेको हो ।
चाडपर्वमा यातायातको उचित व्यवस्था गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
प्रदेश सभा बैठकमा भाषासम्बन्धी विधेयक पेस
बागमती प्रदेश सभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकमा संस्कृति, पर्यटन र सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो ।
नेपाल र चीनबीच आपसी विश्वासको वातावरण थप सुदृढ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरियो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।
कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान
कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी असोज १७ गतेबाट चौथो अधिवेशन सुरु हुने जानकारी दिएको हो ।
विधायकको काम कानुन निर्माण मात्र होइन : सचेतक थिङ
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुभएको छ ।
चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिजनेसविहीन भयो प्रदेश सभा
असोज ५ गते शुक्रबार बसेको प्रदेश सभाको ३६ औँ बैठकमा संविधान सभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो ।
विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा
नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ ।
संसदीय समिति सभापतिको निर्वाचन स्थगित
सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
संसद् अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो : सांसद डम्डुल लामा
“गत साउन १२ गतेदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”
विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख देवराज घिमिरेले बताउनु भएको छ । सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउन गरेको यो ९ महिनाको अवधिमा मैले महसुस गरेको छु, घिमिरेले भन्नुभयो ।
सभामुख घिमिरे आयरल्याण्डको भ्रमणबाट स्वदेश फिर्ता
सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।
सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी
“सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।
विद्यालय शिक्षा विधेयकले वाक् स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी भएको बताउनुभएको छ ।
अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउने कन्सल्टेन्सीलाई प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री सिंह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाए सरकारले प्रतिबन्ध लगाउने बताउनुभएको छ।