फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरवलोकन गर्न सांसदको सुझाव
राष्ट्रिय सभाका सांसदहरूले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कारबाही गर्न माग
प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
कर्मचारीले तीन प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : सांसद दाहाल
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताउनुभएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलको हबको रूपमा विकास गरियोस् : सांसद देवकोटा
राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । सदस्य गुरुङले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गर्नुभयो ।
भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ : सांसद देवकोटा
राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेको सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आ.व. २०८०/८१ मा बजेटको सिलिङ नघटाऔँ : सांसद पौडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक स्थगन
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।
सरकारलाई हौसिएर बजेट ल्याउने छुट छैन : सांसद कार्की
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ ।
बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : सांसद गौतम
राष्ट्रिय सभा सांसद बामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताउनुभएको छ ।
बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : सांसद रावल
राष्ट्रिय सभा सांसद दिलकुमार थापा रावल (पार्वती) ले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकमा कपडा खोलेर सांसद अमरेशकुमार सिंहको विरोध
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाउनुभएको छ ।
आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरूको ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठक सुरु भएको हो ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु (फोटोसहित)
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा अध्यादेश पेश
प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
सङ्घीय संसद्को बर्खे अधिवेशन आज (आइतबार)देखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
राष्ट्रपति पौडलसक्षम नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको सचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पाण्डेयलाई प्रतिनिधि सभाको सचिव नियुक्त गर्नुभएको हो ।
राष्ट्रिय सभाको सचिवमा डा.अर्याल नियुक्त
संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. सुरेन्द्र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गर्नुभएको थियो।
राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।