काठमाडौं, साउन १८ गते । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष प्रस्तुत गर्ने कार्यसूचि रहेको जानकारी दिनुभयो ।