काठमाडौं, साउन २६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, अध्यक्ष राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।