• २५ वैशाख २०८१, मङ्गलबार

कानुन समितिका सभापतिमा विमला सुवेदी चयन

blog

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा चयन हुनुभएको विमला सुवेदी । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ११ गते । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन हुनुभएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सभापतिमा सुवेदीलाई चयन गरेको हो । 

नेकपा (माओवादी केन्द्र)को तर्फबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि सुवेदीको मनोनयन दर्ता भएको थियो ।

माओवादीको केन्द्रको भागमा पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति परेको छ ।