गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । प्रतिनिधि सभाको बैठक बस्ने समय र मिति परिवर्तन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्नुहुँदै भोलि बुधबारका लागि तय भएको बैठक एक दिन ढिला गरी बिहीबार बस्ने बताउनुभएको हो ।
महासचिव गौतमका अनुसार बुधबार दिउँसो १ बजेका लागि निर्धारित बैठक बिहीबार अपराह्न ३ बजेका लागि निर्धारण गरिएको छ । दिवङ्गत हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रयोजनका लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक २८ गते ३ बजेका लागि बैठक तय भएको सूचनामा जनाइएको छ ।
संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेता नेम्वाङको आज बिहान १:३० बजे निधन भएको थियो ।