काठमाडौं, असोज २५ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकारी समितिका सभापति विमला सुवेदीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’पेश गर्नुहुने छ ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।