अविनाश चौधरी
धनगढी, असोज २४ गते । सुदूरपश्चिम प्रदेशस भाबाट शोक प्रस्ताव पारित भएको छ । इजरायलमा १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै आज बसेको प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा शोक प्रस्ताव राख्नुभएको थियो । प्रदेश सभामा उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यले हात उठाएर शोक प्रस्तावलाई पारित गर्नुभयो । यसैगरी, दुवै घटनामा परेर ज्यान गुमाएकाको शोकमा प्रदेश सभामा एक मिनेट मौन धारण गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पस टीकापुरमा अध्ययन पूरा गरेर इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । जसमध्ये १० जना विद्यार्थीको हमास विद्रोही समूहले हत्या गरेको छ ।