लान्द्रुरुक मोदीमा जुट्यो लगानी
सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुरुक मोदी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
कोशी प्रदेशका अठहत्तर सहकारी उच्च जोखिममा
कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयले प्रदेश कार्य क्षेत्र रहेका १०७७ वटा सहकारीमध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन ।
घिउको भण्डारण र प्याकेजिङमा खराबी
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले पछिल्ला दिनमा नौनीको भण्डारण र घिउको प्याकेजिङ गर्दा गुणस्तरमा चरम लापर्बाही देखिएकाले नमुना सङ्कलन गरेर परीक्षण गर्न प्रयोगशाला पठाएको जनाएको छ ।
टिफा काउन्सिलमा निर्यात छुटबारे छलफल
अमेरिकामा भन्सार छुटमा निर्यात हुँदै आएका स्वदेशी ७७ वस्तुको म्याद थप र सूची थप गर्ने विषयमा छलफल भएको छ । सोमबार राजधानीमा भएको नेपाल र संयुक्त रा
सहकारी दुरुपयोग रोक्ने सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सुझाव र सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिनाभन्दा बढी समय अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा दिएको सुझाव र सिफारिस :
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ ।
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
भाद्र शुक्ल चतुर्दशीः इन्द्रजात्रा पर्व मनाइँदै
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ ।
मन्त्रीपरिषद्ले स्वीकार गरेपछि कार्यान्वयन गरिने
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम दुरुपयोगका सन्दर्भमा साढे तीन महिनाको अध्ययन र अनुसन्धानपछि प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरेको छ ।
गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
संसद् अधिवेशन अन्त्य, विधायिकी कार्यमा सामान्य सुधार
सङ्घीय संसद्को चालु अधिवेशनले विधायिकी कार्यमा सामान्य सुधार गरेको छ । अघिल्ला अधिवेशनमा कानुन निर्माणमा निकै सुस्त रहेको संसद्ले बजेट अधिवेशनमा अर्थ विधेयकसहित नौ कानुन पारित गरेको छ ।
दलहरू संविधान संशोधनको गृहकार्यमा
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको सहमति भएसँगै संविधान संशोधनको एजेन्डा पनि बहसमा आएको छ ।
ह्विलचेयर पाउँदा भुलियो पीडा
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकानिवासी सरिता सुनारको कम्मरमुनिको भाग नचलेको करिब ११ वर्ष भयो ।
गोरखापत्रमा थपियो रानाथारू भाषा पृष्ठ
गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषा पृष्ठमा थप एक मातृभाषालाई समावेश गरिएको छ ।
प्रधान न्यायाधीशमा राउत सिफारिस
सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
विद्यालय जान सुरक्षा पहरा
चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ ।
परराष्ट्रमन्त्री डा. राणा क्यानडा प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
इनरुवामा उराँव सङ्घको करम पूर्व सन्ध्या कार्यक्रम
नेपाली कांग्रेसको भातृसंस्था नेपाल उराँव सङ्घको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा उराँवको महान् पर्व करम पूजाको अवसरमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरीका ६७ जना दीक्षित
सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ ।
दाङमा राष्ट्रिय यु-१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु
आइसिसी यु–१९ महिला क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।
सीमास्तम्भ सुरक्षित गर्न आग्रह
यस वर्षको बाढीले कैलालीमा रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना छुट्टयाउने सीमास्तम्भ बगाएको विषयबारे प्रतिनिधि सभामा कुरा उठेको छ ।
चिस्यान अभावमा पर्वतमा ३७ लाखको खोप नष्ट
जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा आवश्यक चिस्यान केन्द्र नहुँदा यस वर्ष मात्रै रु. ३७ लाख ३१ हजार मूल्य बराबरको खोप नष्ट भएका छन् ।