नगरवासीलाई एलपी ग्यास र चुल्हो निःशुल्क वितरण
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई खाना पकाउने एलपी ग्यास चुल्होको सेट निःशुल्क वितरण गरेको छ ।
चार लाख मूल्य बराबरको सामान बरामद
कैलाली प्रहरीले चार लाख २३ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सो सामान बरामद गरेको हो ।
निलसागर सेवा आश्रममा आश्रित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण
गोपाल–नीना फाउण्डेसनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित ६८ जना बालबालिकाहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
अवैध रुपमा नदीजन्य सामग्री ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा
भीरकोट नगरपालिका–१ का वडा सदस्य खुमबहादुर खाँणका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
मोरङको मिक्लाजुङ-१ गुरधुममा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि गङ्गा राईको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।
ओझेलमा अग्लो झरना
जिल्लाको निस्दी गाउँपालिका–५ स्थित अग्लो झरना ओझेलमा परेको छ । पछिल्लो समय कृत्रिम संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको होडबाजी चलिरहेको बेला बाह्रै महिना सुस्साइरहने झरना ओझेलमा परेको हो ।
वडाध्यक्षसहित १० जना थुनामा
जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका–२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
भारत जाँदै गरेका ११ बालक प्रहरी नियन्त्रणमा
नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई इलामको पशुपतिनरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो उपलब्ध गराइने
स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ ।
‘दसौंमा दश इभेन्ट’, चाहना आउटरिच म्यानेजर नियुक्त
धारा नेपालगन्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दसौंमा दश इभेन्ट’ आयोजना गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक ‘नेपालगन्ज १० किमी रात्रीदौड’ असोज ३ गते राती आयोजना गरेर ‘दसौंमा दश इभेन्ट’ सुरु हुने धारा नेपालगन्ज म्याराथानका संस्थापक एवम् अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।
उद्विकास र प्रसारवादी दृष्टिकोणमा गजल
“अमेरिकाका चिकित्सकहरूले एक व्यक्तिमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरे” भन्ने पुरानो समाचार पढ्दै थिएँ एकजना दाइ साहित्यकारको फोन आयो– “भाइ अब त म
कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी
कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।
किसानद्वारा खुटी नहर चलाउन माग
सिँचाइका लागि निर्माण सम्पन्न भएको हेडवक्र्सबाट नहरमा पानी जोडेर सञ्चालन गर्न किसानले माग गरेका छन् । लहान–१० स्थित खुटी
सरकारी मूल्यभन्दा छ गुणा बढी मूल्य माग
अरनिको राजमार्ग विस्तारका क्रममा जिल्लाको बनेपा नगरपालिका र धुलिखेल नगर क्षेत्रभित्र पर्ने केही जग्गा अधिग्रहण गर्नुपर्ने भएपछि स्थानीय जग्गाधनीले सरकारी मूल्यभन्दा करिब छ गुणा बढी मूल्य माग गरेका छन् । सडक विस्तारका क्रममा बनेपा नगरपालिका–६, धुलिखेल नगरपालिका–४, बाँसघारी
सैँतिस वर्षपछि जग्गा विवाद साम्य
सर्वोच्च अदालतले विराटनगर–१० (साबिक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा माईस्थानकै नाममा हुने फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैस
कोशी प्रदेशका ७८ सहकारी उच्च जोखिममा
कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन ।
सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने
चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।
‘पर्यटन विकासमा सबैको सहकार्य जरुरी’
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको उच्च सम्भावना रहेकाले यसको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मुस्ताङमा धान खेती
सामान्यतः धान खेती नहुने जिल्लाका रूपमा मुस्ताङले पहिचान बनाए पनि अहिले त्यो पहिचान मेटिने भएको छ अर्थात् मुस्ताङमा पनि धान खेती भएको छ ।
बढ्दै डेङ्गु सङ्क्रमण
दाङमा डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार साउनदेखि भदौ २७ सम्म जिल्लामा १०९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
भुक्तानी नपाएपछि ठेकेदारले रोके काम
सुर्खेतका दुई पालिका जोड्ने पक्की पुलको निर्माण गरिरहेका ठेकेदारले काम गरे अनुसारको भुक्तानी नपाएको भन्दै निर्माणको काम रोकेका छन् ।
बालबालिकाले अधिकार माग्न थाले
जिल्लाको शुभकालिका गाउँपालिका–३ का लक्ष्मण अधिकारी विद्यालयमा हुने प्रायः कार्यक्रममा बाल अधिकारका कुरा गर्ने अभियन्तामध्येका एक हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
बाढीले दुई सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा
निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ ।