• ११ असोज २०८१, शुक्रबार

भारत जाँदै गरेका ११ बालक प्रहरी नियन्त्रणमा

blog

फाइल तस्बिर ।

कोकिला ढकाल

इलाम, भदौ ३१ गते । नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई इलामको पशुपतिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । १० देखि १३ वर्ष उमेर समूहका ती बालकहरु बौद्धधर्म अध्ययनका लागि जान लागेको उनीहरुले बताएको प्रहरीले जनाएको छ । 

"भारतको काँगडास्थित एक विद्यालयमा बौद्धधर्म पढ्ने एडमिसनका लागि फारम खुलेको र त्यहाँ जान लागेको उनीहरुले बताएका छन्", पशुतिनगरस्थित प्रहरी निरीक्षक छेछिन्जो भोटेले भन्नुभयो, "उनीहरुका अभिभावकलाई सोधपुछ गरेर मात्र जान दिने गरी सोधपुछका लागि राखिएको छ ।"

भारत हिँडेका बालकसँग पहिला त्यही स्कुल पढेका केही इलामका र बाहिरी जिल्लाका अन्य व्यक्तिसमेत रहेको बताइएको छ । इलामसहित काठमाडौं, सर्लाहीदेखिका बालक भारत जान पशुपतिनगर पुगेको बताइएको छ ।