ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
‘तालिमले छात्राको मनोबल उच्च हुने’
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
सूचनाको हक कार्यान्वयनमा
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मेडरी नाच संरक्षणमा थारू समुदाय
हरिबोधिनी एकादशीको दिन प्रत्येक वर्ष मेडरी नाच देखाउने प्रचलन छ ।
डाँडैभरि पुनर्भरण पोखरी
धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन् ।
चिहान एकीकृत गरिएको ठाउँमा स्मृति पार्क बन्दै
झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरी अघि बढेको छ । १५ बर्सअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन रहेको छ ।
समृद्ध गलकोट हाम्रो लक्ष्य
बागलुङ जिल्लाका १० स्थानीय तहमध्ये गलकोट नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
दुना टपरी बिक्रीबाट आत्मनिर्भर
बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
रारामा सुविधासम्पन्न होटेल अभाव
पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ ।
छ करोड भुक्तानी हुँदा पनि बनेन चार किलोमिटर सडक
विगत पाँच वर्षदेखि निर्माण थालिएको दुई किलोमिटर चार सय मिटर सडकको कामका लागि छ करोड रुपियाँ भुक्तानी भए पनि सडक अझै पूरा हुन सकेको छैन ।
राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैँ, तिहार सुरु भएसँगै सेवाग्राहीको सङ्ख्या बढेपछि केही दिनयता भिड नै लाग्ने गरेको छ ।
तिहार सकिएसँगै गाउँ रित्तिए
नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।
उपकरण मर्मतमा ढिलाइ हुँदा अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।
बस्ती स्थानान्तरण गर्न स्थानीय तहको आग्रह
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा रहेका छ वटा स्थानीय तहले बस्ती स्थानान्तरणका लागि अनुरोध गरेका छन् । जिल्लामा रहेका १
सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ ।
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
छ लाख नगदसहित १३ जना पक्राउ
शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जुम्ला सिंजाको रोकाया गाउँ
जुम्लाको सिंजाको रोकाय गाउँ । यो गाउँ सुन्दर र मनमोहक छ । कुनै बेला सिजाली राजाले राज गरेको यो क्षेत्र प्राचीन संस्कृति बोकेकोले पर्यटकीय सम्भावना रहेको छ ।
पुर्ख्यौली पेसाले परिवारको गुजारा गर्दै सन्तोष
मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न हुनुहुन्छ ।