• २२ मंसिर २०८१, शनिबार

‘तालिमले छात्राको मनोबल उच्च हुने’

blog

पर्सा समाचारदाता 

पर्सा, कात्तिक २९ गते । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “आत्मरक्षा तालिमले छात्राहरूको आत्मविश्वास बढ्छ । मनोबल उच्च हुनुका साथै शारीरिक र मानसिक स्वास्थ्य रहन मद्दत पुग्छ ।” उहाँले आत्मरक्षा तालिमबाट किशोरीहरूले आफ्नो रक्षा आफैँ गर्न सक्षम भएपछि उनीहरू विरुद्ध हुने हिंसा र दुव्र्यवहारमा कमी आउने विश्वास पनि व्यक्त गर्नुभयो ।  उहाँले विभिन्न किसिमका हिंसाबाट जोगिन र आफ्नो रक्षा आफैँले गर्न महिलाका लागि मार्सल आर्टको सिप  अनिवार्य भएको  पनि बताउनुभयो । 

नगरप्रमुख राजेशमान सिंहले छात्राहरूले आफ्नो पहिचान आफैँ बनाउन सक्नुका साथै आफ्नो रक्षाका लागि अरूलाई गुहार्न नपरोस् भन्ने उद्देश्यका साथ महानगरपालिकाले छात्राहरूलाई तालिम दिएको स्पष्ट पार्नुभयो । तालिम भारतका प्रख्यात फिटनेस आर्टिस्ट टे«नर चितानामले यजनेस सेट्ठी र प्रशिक्षक नेपाली मूलका भारतीय नागरिक राजवीर थापाबाट दिने व्यवस्था मिलाइएको छ ।  नगरप्रमुख सिंहले वीरगन्जमा मात्र नभई मुलुकममा कक्षा ६ देखि १२ सम्मका १२ हजार ९७४ छात्रालाई एकै पटक आत्मरक्षा तालिममा सहभागी गराउनु आफैँमा अदभुत रहेको दाबी गर्नुभयो ।