वर्ल्डलिङ्कले तिर्यो दुई अर्ब पन्ध्र करोड
लामो समय सुल्झिन नसकेको दूरसञ्चार सेवाबापतको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत बुझाउनुपर्ने रकम दाखिला हुन सुरु भएको छ
आजको मौसम: कोशी र गण्डकी प्रदेशका हल्का वर्षाको सम्भावना
हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली बिजुली पुग्यो बङ्गलादेश
करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ ।
कानुन निर्माण ढिलाइमा मन्त्रीकै असन्तुष्टि
सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाउनुभएको छ ।
उपनिर्वाचनको सरगर्मी : अझै उम्मेदवार तोक्न बाँकी
स्थानीय तह उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले अधिकांश उम्मेदवारको टुङ्गो लगाएका छन् ।
इन्टरपोलको सूचीमा ३३८ नेपाली
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो ।
भेडा जुधाएर बहादुरी प्रदर्शन
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
खेलकुद प्रतियोगितामा महिला समूहको पञ्चेबाजा
दाङको तुलसीपुर उपमहानगरपालिका ४ मा आयोजित वडास्तरीय खेलकूद प्रतियोगितामा आज स्थानीय पैरवी महिला समूहले प्रस्तुत गरेको पञ्चेबाजा ।
मधेश प्रदेशका खेलाडीलाई डेढ लाख दिने घोषणा
सन् २०२५ को फेब्रुअरीमा हुने १९ वर्ष मुनिका महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिताका लागि पहिलो पटक छनौट भएका नेपाली महिला क्रिकेट टोलीमा सहभागी मधेश प्रदेशका खेलाडीहरुलाई मधेश प्रदेश सरकारले पुरस्कार स्वरुप एक लाख ५१ हजार रुपियाँ दिने घोषणा गरेको छ ।
पत्रकारिता केन्द्रीय विभागमा ‘मिडिया टक सेरिज’
पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले मिडिया टक सेरिज २०२४ सुरु गरेको छ । विभाग अन्तर्गत अध्ययनरत दर्शनाचार्य दोस्रो सेमेस्टरका विद्यार्थीले विभागको सहकार्यमा सो सेरिज सुरु गरेका हुन् ।
चिच्याएर वर माग्न भक्तजनको भिड
चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको भिड लागेको छ । चार दिन अघिदेखि लागेको वर माग्ने मेलामा सहकारी हुन लाखौँ भक्तजन सत्यवती पुगेका छन् ।
शुद्धोधनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलबस्तुको शुद्धोधन गाँउपालिका-१ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
हुर्रा नृत्यको संरक्षणमा जुट्दै युवा
मगर जातिको सांस्कृतिक हुर्रा नृत्यको संरक्षण गर्न युवापुस्ता लक्षित गरि धरानमा हुर्रा कार्यक्रम गरिएको छ ।
पूर्णिमा मेला : कमला नदीमा भक्तजनको घुइँचो
पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।
रामघाट मेलामा भक्तजनको घुइँचो
कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। शुक्रबार वाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार रातिदेखि हजारौँ भक्तजन उपस्थित भएका हुन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।
ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण
जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो ।
कात्तिक नाचमा प्रल्हाद उद्धार (फोटो फिचर)
काठमाडौं, कात्तिक ३० गते । हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ । आफ्नो छोरा प्रल्हादलाई संहार गर्न खोजेपछि विष्णुले नरसिंह अवतार लिइ प्रल्हादको उद्धार गर्दछन् भने हिरण्यकश्यपको वध गरिदिन्छन् । बिहीबार राति कात्तिक नाचको नवौं दिनमा उक्त नाच प्रस्तुत गरिएको हो । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले ३८३ वर्षअघि सुरु गर्नुभएको मान्निछ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ । यस वर्षको कात्तिक नाच आज शुक्रबार वस्त्र हरणको प्रस्तुतिपछि सकिनेछ ।
गैंडा स्थानान्तरण रोक्न दबाब
नवलपुरको पर्यटन व्यवसायी, होटल व्यवसायी, नेचर गाईड, संरक्षणकर्मी, मध्यवर्ती वन व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाले गैंडाको स्थानान्तरण रोक्न दबाब दिने भएका छन् ।
बालबालिकालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति
सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।
पुनहिलमा विद्युत् र खानेपानीको समस्या
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो ।
पर्यटकलाई 'टोड्केको मुला' काेसेली
म्याग्दीको पर्यटकीय स्थल टोड्केको भ्रमणमा पुग्ने पर्यटक यहाँको मुला भनेपछि हुरुक्कै हुन्छन् ।
हिउँद नलाग्दै सुक्न थाले खोला
सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ ।
अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु
पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।