देशका अधिकांश भागमा मौसम सफा रहने
देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।
आयोग–मेडिकल कलेज द्वन्द्व, सात सय विद्यार्थीको भविष्य अन्योलमा
चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पिजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् ।
हिमाल चिन्नै मुस्किल
धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्नुहुन्छ ।
जिल्ला स्तरीय सामा चकेवा महोत्सव
सप्तरीको बोदे बरसाईन नगरपालिका –२ स्थित थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा जिल्ला स्तरीय समाचकेवा महोत्सवमा थारू महिलाहरूले माटोले बनाएको समाचकेवा ।
करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट
देशभरका करदाता सेवा कार्यालयमध्ये करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट हुन सफल भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस २०८१ को अवसरमा करदाता सेवा कार्यालय तौलिहवा प्रशंसापत्रसहित सम्मानित भएको हो ।
बालगृहलाई पाँच लाख अनुदान
फेदीखोला गाउँपालिका –१ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहलाई पाँच लाख अनुदान पाउने भएको छ ।
जानकी मन्दिरबाट टोली अयोध्याका लागि प्रस्थान
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव गर्नका लागि कोसेली लिएर शनिबार अयोध्या प्रस्थान गरेको छ ।
गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढे
तुलसिपुर उपमहानगरपालिका वडा –७ मा रहेको गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढेका छन् । मङ्सिर महिना सुरु भएसँगै पर्यटक बढेका हुन् । उद्यानको व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार शनिबार मात्र पाँच हजार बढी पर्यटकले अवलोकन गरेका छन् । पार्कमा संरचना थपेसँगै पर्यटकहरु बढेका हुन् ।
महिला स्वरोजगार मेला सुरु
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिला स्वरोजगार मेला आजबाट सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन र महिलालाई स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा मेला सुरु भएको हो ।
पृथ्वीराजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ ।
पत्रकारलाई अनुसन्धानसम्बन्धी तालिम
पत्रकारितामा क्रियाशील पत्रकारका लागि धनकुटामा अनुसन्धानात्मक लेखनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
बुटवल मेला: हस्तकला प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिइने भएको छ ।
सवारी धनीबाट ३४ लाख ९८ हजार राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
खेलका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताउनुभएको छ ।
भालुको आक्रमणबाट वृद्धको मृत्यु
सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ ।
अर्थिङ्ग टावर स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
जिल्लाको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङको जोखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाको माग राखिएको छ ।
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।
विशाल मेला गढीमाई
बारा जिल्लाको गढीमाई मेलामा कति पशु बलि दिइन्छ, त्यसको यकिन तथ्याङ्क छैन तथापि बलिका लागि खास गरी यो मेला विश्वप्रख्यात छ ।
जोखिमपूर्ण यात्रा
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गमा बोलेरो गाडीमा असुरक्षित यात्रा गर्दै सर्वसाधारण । यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
बिच सडकमा (कथा)
म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो ।
माग्ने (कविता)
कालो रातमा पीडा र करुणा बोकेर गुन्जिरहेको छ माग्नेको गाना
नेपाल यसरी झन् ठुलो हुने छ
पछाडि फर्केर हेर्नुहुन्छ भने मानिसको यायावरी जीवन सकिएको छैन । यायावर भनेको घोडा हो, जसले बस्न जानेको हुँदैन । असली घोडा थकाइ मार्न बस्दैन, उसले उभिएरै एउटा खुट्टा खुम्च्याएर पालैपालो थ
मोहिनी रूपलाई सलाम (कविता)
मोहिनी तिम्रो रूपलाई सलाम छ मिठो मुस्कानलाई प्रणाम छ
लोक आस्थाको छठ : विविध आयाम
नेपालमा मुख्यतः मैथिली तथा भोजपुरी समुदायले मनाउने हिन्दुहरूको पर्वमध्ये महìवपूर्ण धार्मिक एवं सांस्कृतिकपर्व छठ (छइठ, छठी, षष्ठी) पर्व हो । यो पर्व मुख्यतः नेपालको मध्य र पूर्वी तराई क्षेत्रका साथै