• १ मंसिर २०८१, शनिबार

नेपाल यसरी झन् ठुलो हुने छ

blog

पछाडि फर्केर हेर्नुहुन्छ भने मानिसको यायावरी जीवन सकिएको छैन । यायावर भनेको घोडा हो, जसले बस्न जानेको हुँदैन । असली घोडा थकाइ मार्न बस्दैन, उसले उभिएरै एउटा खुट्टा खुम्च्याएर पालैपालो थकाइ मार्छ । घोडा बस्यो भने रोगी छ भनेर जानिन्छ भन्छन् पाका पुराना । यही शब्दबाट मानिसको कुनै पुस्ता वा समाज विकासको निश्चित चरण बुझाउन यायावर नामकरण गरिएको होला अर्थात् थकाइ नमार्ने पुस्ता तर सत्य के हो भने मानिस अहिले पनि यायावरी जीवनमै छ । मात्र यायावरीको गति कति र कस्तो छ भन्ने हो । अनि यायावरीको उद्देश्य को हो भन्ने पनि हो । तपाईं हाम्रा हरेक तीन पुस्तालाई हेर्नुहुन्छ भने जिबा पुस्ता औलोको डरले शिखरवासमा थिए । पिताहरू केही सुविधा खोज्दै खेत÷फाँटमा आए । छोरा पुस्ता सहर हुँदै विदेश पुगेका छन् । यसरी हेर्दा मानिसको जीवनलाई अहिले पनि यायावरी नै छ भन्नु पर्छ । संयुक्त राष्ट्र सङ्घका १९३ मुलुकमध्ये १७० जति देशमा नेपाली पुगेका एक तथ्याङ्कले देखाएको छ । युवाले देश छाड्नुलाई समस्याका रूपमा मात्र व्याख्या गर्ने  बुझ्ने, र बुझाइने गरिएको पाइन्छ । यायावरी मानव प्रकृति र प्रवृत्ति हो भने युवालाई मानव प्रकृति र प्रवृत्तिबाट च्युत गर्न सम्भवै छैन । उसले देश छाडेर नयाँ नयाँ ठाउँमा जानु मानव विज्ञान हो, मानव प्रकृति र प्रवृत्ति हो । 

कुनै पनि देशका नागरिकलाई राष्ट्रियताको, गीत, कविता, इतिहासले मात्र देशको सीमाभित्र बाँधेर राख्न सकिँदैन । नागरिकलाई त मात्र अवसरले तान्ने हो, अवसरले बाँध्ने हो । अवसरले कि कतै तान्छ, कि कतै धकेल्छ । अवसर सुनिश्चित नगरिएसम्म, त्यो पनि तुलनात्मक अवसर प्राप्त नभएसम्म मानव अधिकारको सम्मान गर्ने कुनै देशले नागरिकको पलायन रोक्न सक्दैन । यस्ता समस्यालाई भावनाले होइन अवसरले सम्बोधन गर्नु पर्छ । अर्कोतिर नेपाली युवा वा अन्य उमेर समूहका नागरिक पनि यहाँबाट पलायन हुनु समस्या मात्र होइन । एक त नागरिक पलायनले जनसङ्ख्या व्यवस्थापनमा केही सकारात्मक परिणाम ल्याएका छन् । आर्थिक रूपमा सव्रिmय यिनीहरूले विदेशमा कमाएको जनसाङ्ख्यकीय लाभांश (डेमोग्राफिक डिभिडेन्ट) स्वदेश पठाएका छन् । यसै गरी विश्वका करिब १७० देशमा पुगेका नेपालीले ती देशमा नेपाली भाषा, जीवनशैली, मूल्य, मान्यता, रहनसहन, विश्वास, परम्परा, लोकरीति, ज्ञान, दक्षता आदि पु¥याएर नेपाललाई विस्तृत बनाउँदै छन् । व्यापक गराउँदै छन् ।  समष्टिमा नेपाली जनता नै राष्ट्र भएकाले जो नेपाली जहाँ बसे÷रहे पनि ऊ हाम्रा विविधता, समान आकाङ्क्षा, राष्ट्रिय हितप्रति प्रतिबद्ध छ भने उसले राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । यस अर्थमा जहाँ नेपाली हृदय बोकेर नेपाली पुग्छन्, त्यहाँ नेपाल पुगेको हुन्छ । यस्तो प्रव्रिmयाले नेपाललाई कुनै पनि कोणबाट नोक्सान पुग्दैन ।

आज विभिन्न देशमा नेपाली समुदायको पहलमा नेपाली भाषा, साहित्य केन्द्रित कार्यव्रmम हुँदै गरेका छन् । गीत, सङ्गीतका विविध कार्यव्रmम भइरहेका छन्, जातीय सांस्कृतिक पर्व, मेला हुँदै छन् । नेपाली मठमन्दिर, विभिन्न देशमा पुगेका छन् । मठ, मन्दिरमा पूजा गर्ने तरिका, विधान र स्तोत्र पुगेका छन् । पहिरन, जातीय खाना, जातीय बुझाइ÷मान्यता (इथ्नो कग्निसन) पुगेका छन् । जातीय सिप पुगेका छन् । यस्ता मानव सिर्जित संस्कृतिलाई समग्रमा नेपाली पहिचान भन्न सकिन्छ । यस्तो अवस्थामा नेपाल त झन् झन् ठुलो भएको देखिन्छ । ठुलो, सानो हुनु स्थूलताको मापन मात्र होइन, मस्तिष्क विज्ञान पनि हो ।  

परदेशमा रहनुभएका नेपालीले विभिन्न प्रकाशन तथा गतिविधि गरेर नेपाली वाङ्मयका विविध फाँटमा योगदान दिनुभएको छ । अझ विशिष्ट योगदान दिन सक्नुहुन्छ । विदेशमा रहेका ४० लाख नेपालीमध्ये आधाले मात्र पनि नेपाल आएर फर्कंदा एउटा नेपाली पुस्तक विदेश लैजानुभयो भने नेपालमा लेखनकर्म र छपाइ व्यवसाय कहाँ पुग्छ ? विदेशमा हुने साहित्यिक कार्यव्रmम, विदेशमा रहनु हुनेद्वारा प्रकाशन गरिएका पुस्तक, पत्रिकाबारे नेपाली साहित्यिक पत्रिकामार्फत् ‘प्रवर्धनात्मक प्रचार’ गरिदिनुभयो भने यस्ता नेपाली साहित्य प्रधान पत्रिका बच्ने छन् । ती पत्रिकाले विदेश र स्वदेशमा रहनुभएका नेपालीलाई जोड्ने छन् । यसरी नेपाल अझ व्यापक, विस्तृत हुने छ जहाँसुकै बसे, रहेका भए पनि नेपालीबिचको सम्बन्ध थप गाढा हुने छ ।

नेपाली भाषा साहित्य, समग्रमा वाङ्मयको विकासका लागि निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तव्रिर्mया भइरहनुपर्ने हुन्छ । त्यस्ता अन्तव्रिर्mयाका लागि विदेशमा रहनुभएका नेपालीले नेपाली कलाकार तथा लोकगायकहरूलाई उल्लेख्य मात्रामा मञ्च दिनुभएको देखिन्छ । अधिकांश कलाकार तथा लोकगायक विदेश पुग्ने अवसर पाएका छन् । यस्ता अन्तव्रिर्mयाबाट नेपाली वाङ्मय विदेशसम्म फैलन पाउने छ । फैलिएको छ । यस सन्दर्भमा भन्न सकिन्छ नेपाल सानो थिएन र छैन पनि । महाकवि देवकोटासँग सहमत हुन सकिन्छ, माटोको परिणामले खेतलाई सानो ठुलो भन्न सकिन्न बरु माटोको गुण, अवस्था र उब्जाउ क्षमताले यसको आकार निर्धारण गर्छ । 

नेपालको गुण वा विशेषाता भन्नु नै विविधता भएकाले विविधताको जगेर्नाले नेपाललाई अझ ठुलो बनाउने छ । देवकोटा अहिलेसम्म बाँचेका थिए, विश्वका विभिन्न देशमा भएका नेपाली साहित्यिक कार्यव्रmम, साहित्यिक÷सामाजिक सङ्घसंस्थाको सङ्ख्या वा सव्रिmयता देख्थे भने, उनले नेपाललाई कति ठुलो देख्दा हुन् ? ‘मेरो वनमा कति साहित्य छ जो लेखिएकै छैन’ हो प्रिय देवकोटा तपाईंसँग सहमत हुँदै थप्छु– हाम्रा वनपाखामा गाइने गीतहरू अब त हिमाली क्यानडामा घन्किएका छन् । तातो अरबमा रन्किएका छन् । हलोका गीतहरू सेक्सपियरले सुन्दै होलान् । भेडागोठका मिठा लय सोव्रmेटिजलाई गुफामा घोत्लिने सूत्र औ श्लोक बन्दै छन् । हो, देवकोटाजी नेपाल सानो छँदै थिएन । नेपाल सानो थिएन मात्र होइन, नेपाल ठुलो हुँदै छ । अझै ठुलो हुँदै छ । नेपाल कर्णाली र मस्र्याङ्दी भएर मिनिरल वाटर बन्न सक्छ । नेपाल स्वर्णभस्म र रामवाण भएर बरी (ट्याब्लेट) बन्न सक्छ । जहाज उडाउने र अङ्ग प्रत्यारोपणको परिकल्पना हाम्रै ओडारमा बसेर ऋषिमुनिले गरेका थिए भन्ने तथ्य सोव्रmेटिजले थाह पाउने छन् । हाम्रा वाङ्मय बाग्नरले घोक्ने छन् । हो, यसरी नेपाल ठुलो हुँदै छ । 

तर म देख्छु । कत्रो विरोधाभाषा छ समाजमा, एकातिर युवालाई विदेश पठाएर विप्रेषण भिœयाउनु छ, अर्थतन्त्र चलाउनु छ । देश चल्नु छ । देश हाँक्नेहरू पनि चल्नु छ । अर्कोतिर युवा बाहिर गए भनेर सनातनी चिन्ता चिच्याउनु छ । यो विरोधाभाषा कसरी सुहाउँछ ? स्वदेशभित्र बेरोजगार हुने प्रत्येक युवा तथा नागरिक अवैतनिक दूत बनेर विदेश जाने वातावरण नराम्रो होइन, जान्छन् । यो त मानवको यायावरी विशेषता हो । सुविधा खोज्ने मानव चेतना हो । भाषणले उनीहरू यता रोकिँदैनन् । मात्र यति हो उनीहरू विदेश जाँदा मन र मुटुभरि नेपाल बोकेर गएभने राम्रो । उनीहरू विदेश पुगेर हामीकहाँ घोत्लिन असङ्ख्य गुफा छन् भनेर सोव्रmेटिज र सोव्रmेटिजहरूलाई गुफामा घोत्लिन आमन्त्रण गर्न सक्नु पर्छ । गुफाको गीत घन्कनु पर्छ सोव्रmेटिजको आँगनमा । हाम्रा पत्थरमा कुँदिएका कला, नदीमा व्यक्त नाद, वनमा उच्छवास वाङ्मय, आकाशमा खुल्ने आख्यान, वसन्तमा फुल्ने कविता र ग्रीष्मका गायन प्रत्येक नेपालीको हृदय–ब्रिफकेसमा बोकिएर विदेश पुग्नु पर्छ र त्यहाँ यिनीहरूको वर्णन÷व्याखा हुनु पर्छ । नेपाल यसरी ठुलो हुने छ । झन् ठुलो हुने छ । 

हामीसँग अभावका भाव मात्र होइन सम्पन्नताको सम्भावना छ । समृद्धिको सपना छ । दुःखको दृश्य मात्र होइन दुःखाइको दबाई पनि छ भनेर अब नेपाल अझ ठुलो स्वरमा अरबमा सुनिनु पर्छ । युरोप र अमेरिकामा गुञ्जनु पर्छ । नेपाल सानो छैन, नेपाल सानो थिएन । नेपाल ठुलो हुँदै छ । विस्तार र विशेष हुँदै छ नेपाल । नेपालले माटोको परिणामभन्दा पनि मनको फैलावटलाई देशको सीमा बनाउनु पर्छ । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपाल र नेपाली मन । 

अब त विदेशी मनमा पनि बस्नु पर्छ, पस्नु पर्छ नेपाल । नेपालले भौतिक वर्ग किलोमिटर होइन भावनात्मक परिमाणलार्ई आफ्नो देशको क्षेत्रफल बनाउनु पर्छ । ‘दी पेस फर लिभिङ’ प्रिय निबन्धकार आरसी हचिङ्टन हामी नेपालीहरू लन्डनमा खाना खाएर वनपाखाको गीत गाउँदै न्युयोर्कमा खाजा खाने गतिमा हुनु पर्छ । नेपाल अझै ठुलो बनाउनु छ । हो, विगतमा कसैले बम र बन्दुकले देश ठुलो बनाएर तर हामीसँग वाणी र वर्णन छन् जसले हाम्रो आँठो झन् झन् ठुला बन्दै जाने छ ।