• ११ पुस २०८१, बिहिबार

मोहिनी रूपलाई सलाम (कविता)

blog

मोहिनी तिम्रो रूपलाई सलाम छ 

मिठो मुस्कानलाई प्रणाम छ

अतीतका पलहरूको बर्सात भए छ

तिम्रो नसालु नयनलाई नमन छ 


तिम्रो सौन्दर्य रूप देख्दा, हुरी चल्छ यो छातीभित्र

मधुरो तिम्रो मुस्कानले हराएँ आफैँभित्र

पहिलो भेटमै तिमीसित प्रेमको आभास भयो

न्यानो तिम्रो स्पर्शले प्रेमको बिजुली चम्क्यो


जीवनको अमूल्य उपहार तिम्रो माया रै’छ

तिम्लाई नदेख्दा मेरो यो मन, बेचैन हुन्छ

यति माया गर्छु कि आफूलाई नै बिर्सिदिन्छु

कुन्नि किन तिम्रो यादमा हरपल रमाउँछु