महिला मृत्युदर घटाउन ‘एचपीभी’ खोप
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चौधरी ग्रुपले तिर्यो अठार अर्ब राजस्व
चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपियाँ कर तिरेको जनाएको छ ।
दुर्गमका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँ उपत्यकामा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने दुर्गम र अति दुर्गम क्षेत्रका विद्यार्थीका लागि विद्युतीय चुलो वितरण गर्न थालेको छ ।
साना तथा मझौला कम्पनीलाई सहज बन्दै पुँजी बजार
अर्थतन्त्रमा विशेष योगदान दिँदै आएका साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउन सहजीकरण गरिने भएको छ ।
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ ।
‘अधिकार प्रयोग गर्दा आयोगसँग नडराउनूस्’
प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जिम्मेवारी पूरा गर्दा नडराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई अनुरोध गरेको छ ।
सत्ताइस स्थानीय तहको विदेशमा भगिनी सम्बन्ध
ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम ग¥यो ।
सुक्खा बन्दरगाह भन्सारबाट साढे १६ अर्ब राजश्व असुली
वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
श्रीलङ्काली कम्युनिष्ट पार्टीले गरेको सफलताप्रति एमालेको बधाई
श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा (एमाले) ले खुसी प्रकट गरेको छ ।
बाजुरामा पाँच दलले गरे मनोनयन दर्ता
बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा बाजुराका पाँच दलले मनोनयन दर्ता गरेका हुन् ।
किन बढ्दैछ सम्बन्ध विच्छेदको घटना
पाल्पाको तानसेन नगरपालिका वडा नं १३ की हिमानी दर्जीले १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो ।
जिसस प्रमुखमा दुईको उम्मेदवारी
जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट टीका चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुक्मती चौधरीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
तीन करोडमा बौद्ध गुम्बा निर्माण
इलामको सूर्योदय नगरपालिका-९ को पान्दाममा पाल्यल ज्याङछुप धार्गेलिङ गुम्बा उद्घाटन गरिएको छ । २०४१ सालमा निर्माण कार्य प्रारम्भ भएको गुम्बा तीन करोड बढी लगानमा सम्पन्न गरी उद्घाटन गरिएको हो ।
जातीय संस्कृति संरक्षण गर्न गण्डकी प्रदेश महोत्सव
नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
टाँडीखोला पुल निर्माणकाे काम ५० प्रतिशत सम्पन्न
गोरखाको पालुङटार नगरपालिका–८ धुबाँकोटस्थित टाँडीखोलाको पुल ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ ।
मालिकाका २५ जनालाई मोटरसाइकल मर्मत तालिम
मालिकाका २५ जना बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिएको छ ।
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् ।
विवाह पञ्चमीको निम्तोका लागि मुख्यमन्त्री सिंहसहितको टोली अयोध्या प्रस्थान
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्याउन भारतको अयोध्या प्रस्थान गरेका छन् ।
बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
अग्लुङ्गफेदीमा पक्की पुल निर्माण हुने
गुल्मीको पश्चिमी ग्रामीण भेग प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल बन्ने भएपछि स्थानीय अत्यन्तै खुसी देखिएका छन् ।
बाँझो जमिनमा किवी खेती
वर्षौंदेखि बनमाराले ढाकेको बाँझो जग्गामा २३ जनाले अहिले किवी फलाएका छन् । कालीगण्डकी गाउँपालिका १ सिरकोटमा २३ जना युवा मिलेर पाँच सय ४० रोपनी बाँझो जग्गालाई सदुपयोग गरी किवी फलाएका हुन् ।
चिल्ड्रेन पार्कको काम अघि बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित स्ुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताउनु भएको छ । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।