नारद कोहार
तौलिहवा (कपिलबस्तु), मंसिर १ गते । देशभरका करदाता सेवा कार्यालयमध्ये करदाता सेवा कार्यालय तौलिहवा सर्बोत्कृष्ट हुन सफल भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस २०८१ को अवसरमा करदाता सेवा कार्यालय तौलिहवा प्रशंसापत्रसहित सम्मानित भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८०–८१ को राजस्व संकलन तथा कार्यगत लक्ष्य प्रगतिका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा देशभर सर्बोत्कृष्ट भएको कर अधिकृत भिमप्रसाद सापकोटाले बताउनुभयो ।
कार्यालयले ९१.२७ अंकसहित समग्र कार्य सम्पादन स्तर ए प्लस प्राप्त गरी प्रथम स्थान हाँसिल गरेको अवसरमा सर्बोत्कृष्ट भएको उहाँको भनाइ छ । उक्त प्रशंसापत्र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यालय प्रमुख एवम् कर अधिकृत भिमप्रसाद सापकोटालाई प्रदान गर्नुभयो ।