• ८ असार २०८२, आइतबार

इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

blog

कोकिला ढकाल/प्रेम अधिकारी 

इलाम, असार ८ गते । इलामको रोङ गाउँपालिका ३ पाथले डाँडा स्थित मेची राजमार्ग सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

आइतबार साँझ झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ न.को मो.सा.लाई ठक्कर दिँदा बझाङ बित्छडचिर गाउँपालिका १ का २६ वर्षीय मदन बहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका ८ का २३ वर्षीय सिर्जना गिरीको मृत्यु भएको हो । 

मोटर साइकलमा सवार  दुवै घाइतेलाई  तत्काल उपचारको लागि झापाको बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनु भयो । ट्रक चालक पाँचथर कुमाय गाउँपालिका ९का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।