• २८ पुस २०८१, आइतबार

शुद्धोधनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

blog

कपिलवस्तुको शुद्धोधन १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलवस्तु), कात्तिक ३० गते । मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुको शुद्धोधन गाँउपालिका-१ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीले कार्यालयको स्थापना गर्नुभएकाे हाे ।

कपिलवस्तुको शुद्धोधन गाँउपालिका-१ मा वडाध्यक्षको निर्वाचन हुन लागेको छ । कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । उहाँले मङ्सिर २ गते मनोनयन दर्ता र मनोयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मङ्सिर ३ र ४ गने मनोयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, ४ गते नामावली प्रकाशन गर्ने, ५ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह वितरणको कार्यक्रम रहेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनलाई स्वातन्त्र, निष्पक्ष र धाँधालीरहित निर्वाचन सम्पन्न गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार निर्वाचनका लागि शुद्धोधन गाँउपालिका १ मा २ हजार ११२ महिला र २ हजार ७ सय ५६ पुरुष गरी ४ हजार ८ सय ६८ मतदाता रहेको बताउनुभयो । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, शुद्धोधन १ का वडा सदस्य, नेपाली कांग्रेसका पूर्वपार्टी सभापति राजेश आचार्य, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।