भान्जाको हत्या गर्ने मामा प्रकाउ
मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा
सुनसरीको नेपाल भारत सीमामा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्तिक १३ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको हो।
मधेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान
मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ ।
धान सुकाउन व्यस्त किसान (फोटो फिचर)
काठमाडौँको कीर्तिपुरमा अहिले धान सुकाएर भित्र्याउनका लागि किसान व्यस्त बनेका छन् । विशेष गरेर किसान यस काममा व्यस्त बनेका छन् । पुरुषभन्दा कृषि कर्ममा महिला सक्रिय देखिन्छन् । देय् पुखुसी परिसरमा धान सुकाउने र त्यसको व्यवस्थापनमा व्यस्त बनेका किसानले अघिल्ला वर्षको तुलनामा अहिले धान सुकाउने घट्दै गएको बताउनुभयो । धान रोप्ने जमिन कम हुँदै गएपछि यस्तो भएको किसानको भनाइ छ । जग्गा धनीले बाँकी भएको जमिन भाडामा दिन थालेपछि धान रोपाइँ घटेको उनीहरूको बुझाइ छ ।
नेतृत्वका लागि उम्मेदवारबिच रस्साकस्सी
नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्लाको नेतृत्व लिन जिल्ला तहका एमाले नेताहरूबिच रस्साकस्सी बढेको छ ।
सोह्र लाख बराबरको केराउ बरामद
नवलपुर प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको १६ लाख मूल्य बराबरको केराउ बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती –१६ चालिस किलो जंगलमा चेकजाँच गर्ने क्रममा १६ लाख ११ हजार ३६० रुपियाँ बराबरको १२ हजार चारसय ८० किलो अवैध केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
ताप्लेजुङमा कांग्रेसको सय दिने अभियान
ताप्लेजुङमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । अभियानका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयको उपस्थितिमा जिल्लामा अभियानको सुरुवात भएको हो ।
जग्गाको वास्तविक मूल्य घटाएर रजिष्ट्रेसन पास
इनरुवास्थित मालपोत कार्यालयमा पछिल्लो समय राजस्व छली र अनियमितता बढेको आरोप लागेको छ । सो कार्यालयमा विशेषगरी कर्मचारी र बिचौलियाबिचको मिलेमतोमा जग्गा खरिद बिक्री गर्दा सेवाग्राहीको लेनदेन गरेको बास्तविक मूल्यभन्दा अधिक मुल्याङक्न घटाएर राजस्व घाटा गराइ सेटिङमा व्यक्तिगत फाइदा लिने प्रचलन बढेको आरोप छ ।
खानेपानीको लागि देउसीबाट ३ लाख बढी सङ्कलन
खानेपानी आयोजना सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा देउसी खेलेर ३ लाख बढी रकम सङ्कलन गरिएको छ ।
निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
कावासोतीमा भएको निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् ।
डिडिसीबाट दुधको १९ करोड रकम नपाएको किसानको गुनासो
दुग्ध विकास संस्थानलाई आफूहरुले बिक्री गरेको छ महिना अघिदेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका दुग्ध किसानहरुले आज कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भिरबाट लडेर घाइतेको उद्धार
मङ्गलबार राति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –७ र ८ को सिमानास्थित झर्ना कटेजनजिकैको भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ ।
मानखोलाको कटान रोक्न तटबन्धन
मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेली भाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ ।
जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर
यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो ।
अर्जुनचौपारीमा धमाधम सडक कालोपत्रे
देश सङ्घीयतामा गएको पाँच वर्षसम्म कालोपत्रेले नछोएको अर्जुनचौपारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे हुन थालेको छ ।
गण्डकीमा कांग्रेस–एमालेको संयन्त्र गठन
सत्ता साझेदार नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा (एमाले) ले केन्द्रको निर्णयअनुसार गण्डकी प्रदेशमा पनि सत्तारुढ दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को ६ सदस्यीय संयन्त्र गठन गरिएको हो ।
मुस्ताङ जिल्ला अस्पतालमा १५ महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध
जिल्ला अस्पताल मुस्ताङमा २०८० भदौ महिनादेखि पछि बिरामीहरुले शल्यक्रिया सेला लिन सकेका छैनन् ।
गाउँबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात
तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान अचेल मालागेडी टिप्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि मङ्सिर महिनासम्म मालागेडी (सुगन्धकोकिला) सङ्कलन गर्दै आएका छन् ।
निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरिने
सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा दिने भएको छ ।
भन्सार छल्न ६५ किमी टाढाको नाका प्रयोग
महाकाली भन्सार कार्यालय झुलाघाटबाट ६५ किलोमिटर टाढाको महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट प्रहरीले एक लाख १० हजार रुपियाँभन्दा बढीको भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।
सिञ्जा गाउँपालिकाको सुन्दर जाँचगाउँ
जुम्लाको सिञ्जा गाउँपालिका –१ बिष्टवाडा जाँचगाउँ हिमा नदीको किनारमा रहेको सुन्दर गाउँ र हिउँदको समयमा गाईबस्तुलाई खुवाउन राखिएको घाँसका खात (टौवा) ।
विद्यार्थीलाई राहत सहयोग
असोज ११ र १२ गतेको अविरल वर्षातले परिवारका सदस्य र घरवास गुमाएका काभ्रेपलाञ्चोकको श्री मंगल जनविजय माध्यमिक विद्यालय मंगलटारका विद्यार्थीलाई सिन्धुपाल्चोकका समाजसेवीले सात लाख रुपियाँ बरावरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
कृषि पेसाबाट वडा अध्यक्षले वार्षिक १० लाख कमाउँदै
जनताको सेवाका साथै यहाँका एक जना वडा अध्यक्ष कृषि पेसामा रमाउँदै आउनुभएको छ । बिहानैदेखि राति अबेरसम्म जनताको काम र वडाको विकासमा खटिएर बाँकी रहेको समयमा कृषि कर्ममा खटिने गरेको सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अर्जुन कनौजेले बताउनुभयो ।
स्थानीय कला संरक्षणका लागि प्रतिष्ठान गठन
तानसेन नगरपालिका भित्र रहेको कला र संस्कृतिको संरक्षण गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।