खेर गएको विद्युत् प्राधिकरणले किन्ने
उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
उच्च मूल्यबाट बिस हजारले घट्यो सुन
स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो ।
वरुण बेभरेजद्वारा सत्ताइस करोडभन्दा बढी राजस्व चुहावट
झुटा तथा नक्कली बीजक खरिद गरी वरुण बेभरेजले २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको उच्च अदालत पाटनले ठहर गरेको छ ।
चाम्लिङ भाषा समावेश गर्न माग
किरात राई चाम्लिङ खाम्बातिमले सरकारी सञ्चारमाध्यममा चाम्लिङ भाषाले पनि स्थान पाउनुपर्ने माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
बन्ने भयो हिंसापीडित राख्ने भवन
लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘मङ्गला सहाना पुनस्र्थापना केन्द्र’ को भवन बन्ने निश्चित भएको छ ।
तत्कालीन नगरप्रमुखलाई कैद सजाय
विशेष अदालतले सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माण अनियमिततामा तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनालाई दुई वर्ष छ महिना कैद सजाय गरेको छ ।
धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व
करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।
भाँडा माझ्दै पढेर स्थायी शिक्षक
‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् ।
धरमपानीमा व्यावसायिक ड्रागन खेती
स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
हजुरआमाको हत्या आरोपमा नाती पक्राउ
ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
मधेसमा लैङ्गिक हिंसाविरुद्धको अभियान
मधेश प्रदेशमा सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको छ ।मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले आज विहान लैङ्गिक हिंसाविरुद्धको विभिन्न खालका चेतनामुलक सन्देश लेखिएको प्लेकार्डसहित जनकचौकवाट प्रभातफेरी निकालेको थियो ।
स्थानीयका लागि निःशुल्क स्वास्थ शिविर
जुम्लाको तिला गाउँपालिकाको सहकार्य र आईएनएफ नेपाल जुम्लाको आयोजनामा तिला गाउँपालिका –२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासी ।
चौंरीपालक कृषकलाई सोलार सेट
जैविक विविधता तथा रेडपाण्डाको संरक्षणमा सक्रिय दीपज्योति युवा क्लबले पाँचथरको याङवरक गाउँपालिकाका पन्ध्र जना चौंरीपालक कृषकलाई गाउँपालिकाको वडा १ च्याङथापूमा आयोजित कार्यक्रममा सोलार सेट उपलब्ध गराउँदै । रेडपाण्डा नेटवर्कको सहयोगमा ५० वाट क्षमताका सोलार सेट उपलब्ध गराएको हो ।
खेलकुद महासंघद्वारा खेलकुदमन्त्रीको ध्यानाकर्षण
नेपाल खेलकुद महासंघले संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई खेलकुदसँग सम्बन्धित विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयका गएको टोलीले मन्त्री चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
धारापानीमा निर्माण हुँदै बैद्धिक गुरुकुल
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म रोकिएको गुरुकुल निर्माणको काम सुरु भएको हो ।
अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ
दुई जनालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
भिरबाट लडेर प्रजाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।
माओवादी बाँकेले जिल्लाका सबै पालिकामा एकैपटक अधिवेशन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
कालीकोट जिल्लाका विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर)अन्तर्गतको कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
गोरखामा उपनिर्वाचनको सरगर्मी तीव्र
गोरखमा आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी तीव्र रुपमा बढ्दै गएको छ ।
सुदूरपश्चिममा अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने
सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तर्राष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् ।
चौधरी उद्योग ग्राममा तालाबन्दी
देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषणले स्वास्थ्यमा समस्या निम्ताएको भन्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।
पक्की पुल निर्माण सुरु भएको ९ वर्षपछि बेलिब्रिज जडान
मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
खोरेत रोग विरुद्ध खोप अभियान
पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।