ट्याक्टर पल्टेर चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
गाउँमा उत्पादन भएकाे घिउले बजार पाएन
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका घिउ उत्पादनका हिसाबले राम्रो क्षेत्र हो । यहाँका प्राय घरमा भैँसी पाल्ने चलन अहिले पनि कायमै छ ।
उत्तरी क्षेत्रको बाढीले अफगानिस्तानको जीवन अस्तव्यस्त
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन्।
बाल मानव अधिकार रक्षकको राष्ट्रिय भेला : २५ बुँदे घोषणापत्र जारी
बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
बदलिँदै दुर्गमको परिचय
काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले काठमाडौँमा चलिरहेको होटलको शाखा अर्बेनीमा ल्याएको हो ।
गाँजाको बोट नष्ट गर्दै प्रहरी
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत गाँजाको बोट नष्ट गर्ने अभियान अनुसार धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।
संविधानमै लेखिएका हक अधिकार नपाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो
विसं. २०७२ मा जारी भएको नेपालको संविधानमा उल्लेख भएको कुराहरु पनि सामान्य रुपमा समेत आफूहरुले नपाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गुनासो गरेका छन् । उनीहरुले संविधानमै लेखिएका मौलिक हक तथा अधिकार नपाएको गुनासो गरेका हुन् ।
दिवा खाजामा अनियमितता
सरकारले आधारभूत विद्यालयमा अध्ययन गर्ने ससाना बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग पु¥याउने उद्देश्यले दिँदै आएको दिवा खाजामा कालीकोटको रास्कोट नगरपालिकाले चलखेल गरेको कुरा बाहिर आएको छ ।
प्रदेशका दुई सचिवलाई थप जिम्मेवारी
बागमती प्रदेश सरकारले प्रदेशका दुई जना सचिवलाई थप मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रदेशका मन्त्रालयहरु प्रदेश सचिवविहीन भएपछि प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका सचिवलाई थप मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेको हो ।
वैदिक गुरुकुल निर्माण गरिँदै
दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धार्मिकधाम धारापानीमा वैदिक गुरुकुल निर्माण अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म निर्माणको काम रोकिएको थियो ।
राजमार्गका पुल निर्माण अन्तिम चरणमा
मदन भण्डारी राजमार्गका खोलामा लामो समयसम्म पुल नहुँदा वर्षामा सवारीसाधनले खोला तर्न समस्या हुने गरेको थियो ।
‘आयुर्वेद सेवा सुधार गर्छौं’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालको सेवामा सुधार गर्ने बताउनुभएको छ ।
छोराछोरीलाई बालश्रमिक बनाइँदै
रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ । बालश्रम न्यूनीकरण परियो
‘रिफ्लेक्टिभ स्टिकर’ अभियान
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ ।
चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ ।
साधारण खर्च कटौती गर्न लेखा समितिको निर्देशन
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च कटौती गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले सरकारलाई आर्थिक भार बढ्ने गरी समिति गठन र करारमा कर्मचारी राख्ने क्रमलाई निरन्तरता दिएपछि लेखा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
घरमै कोदो बिकेपछि महिला हर्षित
बाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरआँगनमै बिक्री हुन थालेपछि यहाँका महिला निकै खुसी भएका छन् ।
सङ्कटमा गोर्खाली न्वालो
ऐतिहासिक शर्मालीगढी किल्ला जाने बाटोमा रहेको गोर्खाली न्वालो (कुवा) मा सिमेन्टको प्रयोगले गर्दा पानी घट्न थालेको छ ।
टिमुरका बिरुवा निःशुल्क वितरण
डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ ।
मेलाको ब्रान्ड बन्यो दुनाटपरी
चटपट खाने ग्राहकको भिडभाड छ । सबैको माग थेग्न धनगढीकी मीरादेवी कठायतलाई हम्मे परिरहेको छ ।
पक्की पुल निर्माण सुरु भएको नौ वर्षपछि बेलिब्रिज
मध्य पहाडी लोकमार्गको धादिङखण्डमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखुखोलामा नौ वर्षपछि बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ । २०७२ सालदेखि सो स्थानमा