वन अतिक्रमण हटाइयो
डिभिजन वन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–६, मा वनको अतिक्रमित जग्गा खाली गराएको छ ।
मकैका कुनियाँ खोज्न व्यापारी गाउँमा
बाजुराका अधिकांश ठाउँमा मकैका कुनियाँ (मकैको खात) खोज्न व्यापारीहरु गाउँमा पुग्न थालेका छन् ।
तानसेनलाई मध्ययुगीन सहर बनाउन प्रज्ञा प्रतिष्ठानको गठन
तानसेन नगरपालिकाभित्र रहेको कला र संस्कृतिको संरक्षण गर्दै तानसेनलाई मध्ययुगीन सहरको रुपमा विकास गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
बाढीपहिरोको दुई महिनाः सुरक्षित वासस्थानको माग गर्दै पीडित
बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।
पहुँचको आधारमा कर्मचारीको सरुवा हुँदैन : मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पहुँचका आधारमा हुने गरेको कर्मचारीको सरुवा रोक्न मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्र्ने बताउनुभएको छ ।
नगरपालिकामा न्यून आय, कर्मचारी धेरै
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा अस्वाभाविक रूपमा कर्मचारी प्रस्ताव गरिएको छ ।
कोशीटप्पुमा पटेरको कोसेली
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा आउने पर्यटकका लागि स्थानीय पटेर प्रशोधन केन्द्रले पटेरबाट बनाएको विभिन्न सामग्री उत्पादन गरि कोसेलीको रुपमा विक्रि गर्न थालेको छ ।
अभियानमार्फत् शवदाहगृह निर्माण गर्दै युवा
जिल्लाको रम्भा गाउँपालिका–१ मा युवाहरु शवदाहगृह निर्माणका लागि जुटेका छन् ।
फापरखेती गर्न किसानको मोह छैन
बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आउनुभएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ ।
राप्तीनदीको सिधनियाघाटमा नयाँ पुल निर्माण तिव्र
बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज-बघौडा-अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ ।
जिउने आधार बन्दै सीप र सिलाइ मेसिन
राम्रो लगाउँ, मीठो खाउँ र परिवारसँगै सुख दुःख साटेर बसौं भन्ने समयमा श्रीमान्को मृत्यु भएपछि मोरङ कानेपोखरी –६ का २६ वर्षीया सपना विश्वकर्माको सबै सपना पानीको फोकाझैं फुटे ।
१९ महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया
खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशुल्क उपचार गराएको छ ।
धरहराबाट उपत्यका नियाल्ने रहर
काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो ।
खैरो हेरोइनसहित दुई पक्राउ
कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
कोरोला-त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री
मन्त्री केसी नेतृत्वको टोलीले मङ्गलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेका छन् ।
व्यवस्थापन सङ्कायमा टपर भट्ट सम्मानित
व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले उहाँलाई एक समारोहबिच सम्मान गरेको हो ।
कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् ।
फोहोर फाल्ने मेडिकललाई पाँच हजार जरिवाना
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।
पर्यटकको रोजाइमा अयरपानी होमस्टे
गुुरुङ समुदायको बसोवास, नजिकै गोर्खा सैनिकको स्मारक स्थल साल्मेडाँडा, मट्टीखान भ्यूटावर, छेउबाटै देखिने हिमशृङ्खला र प्रदेश राजधानी पोखराको दृश्यले पर्यटकलाई आकर्षित गरेकै छ ।
याचक (कथा)
याचकको अनुहारमा कुन तालको स्थायी भाव हुनु पर्छ, त्यो मलाई थाहा थिएन । यहाँ इज्जत नगुमोस् भनेर थाहा छैन भने पनि थाहा नभएको होइन । मेरो शैली उही हो । धेरैलाई थाहै छ
नेपाली गजल, नेपाली गायन
फारसीबाट उर्दुमा र उर्दुबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको गजल गायन परम्परा नेपाली आधुनिक सङ्गीतको उठानको मूलविन्दुमै बिजारोपण भएको देखिन्छ । मोतीराम तथा सेतुराम गजल
रामआश्रयकाे तरकारीखेती
कैलाली, मङ्सिर १२ गते । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीका किसान रामआश्रय रानाले गर्नुभएको व्यावसायिक तरकारी खेती । उहाँले तरकारीखेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः रासस
धान भित्र्याउँदै किसान
धनुषा, मङ्सिर १२ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्बिरः रासस
डोल्पाको काइगाउँ बजार
डोल्पा, मङ्सिर १२ गते । डोल्पाको जगदुल्ला गाउँपालिका २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिलाे मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिरः रासस