जुम्ला साक्षर जिल्ला घोषणा
जुम्ला, मङ्सिर १३ गते । जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । आज सदरमुकाममा आयोजित एक समारोहबीच कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गर्नुभयो ।सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ । सोही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिनुभयो । साक्षर घोषणाको मापदण्डनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने, १ देखि १० सम्म गन्न सक्ने, मोबाइल चलाउन सक्ने, फोन गर्न सक्ने, ट्राफिक नियम पालना गर्न सक्नेलगायत १२ वटा सूचकको ५० प्रतिशत पूरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् । यसअघि जिल्लाका आठै स्थानीय तह साक्षर घोषणा गरिएको थियो । जसमा कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत, हिमा गाउँपालिका ९६ प्रतिशत, सिंजा गाउँपालिकाका ९६ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएका छन् । चन्दननाथ नगरपालिकाका ९८ दशमलव ९१ प्रतिशत, पातारासी गाउँपालिकाका ९५ दशमलव २५ प्रतिशत, तातोपानी गाउँपालिकाका ९५ दशमलव ७७ प्रतिशत, गुठीचौर गाउँपालिकाका ९५ दशमलव ७३ प्रतिशत र तिला गाउँपालिकाका ९५ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तहका शिक्षा शाखाले सार्वजनिक गरेकोे तथ्याङ्कमा उल्लेख छ ।
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ ।
सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ
अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ ।
पिकेडाँडा सञ्चार सुविधा विहीन, स्थानीय र पर्यटक मर्का
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।
कीर्तिपुरको चुनावी सरगर्मी,खानेपानीको समस्या मुख्य मुद्दा
कीर्तिपुरमा विसं २०५१ को मध्यावधि निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्यो । त्यसपछिका प्रत्येक स्थानीय निर्वाचनमा पनि खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आयो ।
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
आजको मौसमः पहाड र तराई बाक्लो हुस्सु
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ ।
बिआरआई अनुदानका रूपमा लिन सुझाव
नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ ।
शैक्षिक ऋण कार्यक्रम प्रभावकारी
भक्तपुर नगरपालिकाले सुरु गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
विद्युत् लाइन नकाटिने, महसुल उठाउन वैकल्पिक बाटो
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको प्रिमियम महसुल असुलीका लागि उद्योगको लाइन काट्ने तरिका छाडेर नयाँ विकल्प प्रयोग गर्न थालेको छ ।
कलाकारको आकर्षण प्रस्तरकलामा
भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिनु हुन्छ तर पछिल्लो समय उहाँले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थाल्नुभएको छ ।
पाल्पामा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
स्थानीयका लागि निःशुल्क आँखा शिविर
सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगरमा बुधबार भएको निःशुल्क आँखा शिविरबाट स्वास्थ्य सेवा लिएका आँखाका बिरामीहरु ।
दार्चुला-टिंकर सडकको ट्रयाक खोल्ने निर्णय
महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला-टिंकर सडकको रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
घोराही–तुलसीपुर सडकका लागि चार अर्व बजेट
दाङको घोराही–तुलसीपुर चार लेन सडक नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ । सरकारले घोराही–तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्न भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।
विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु
बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
मोटरसाइकल दुर्घटनामा घाइते कटुवालको मृत्यु
मोटरसाइकल दुर्घटनामा घाइते भएका रिजन कटुवालको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
लोप हुँदै परम्परागत बाँस भकारी
रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ ।
विदेशी नागरिक पनि पाथीभरा दर्शनमा
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्दै नेदरल्याण्डका नागरिक । पछिल्लो समय पाथीभरामा विदेशी नागरिकको आगमन बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीले जनाएका छन्
सवारी दुर्घटनामा एकको मृत्यु
कपिलबस्तुको यशोधरा गाँउपालिका ७ सोमडिहस्थित सडकमा लु ५५ प ३७३४ र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जुम्ला साक्षर जिल्ला घोषणा
कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।
रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गर्नुभएको छ ।