सुकाइँदै खाना पकाउने गुइँठा
सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ ।
प्युठानकै लामो पुलको शिलान्यास
प्युठान गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
म्याग्दीमा पाँच एचआइभी संक्रमित थपिए
हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
घरको छतबाट खसेर दुलालको मृत्यु
हेटौँडा उपमहानगरपालिका –४ स्थित नेपालचोकस्थित घरको दुई तलामाथिबाट खसेर एक मिस्त्रीको काम गर्ने एक जनाको मृत्युभएको छ ।
जाडोको औषधी सिरकको माग बढ्यो
चिसो बढेसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ स्थित कलुवापुर बजारमा सिरक बनाउँदै महिला श्रमिकहरु । अहिले जाडोको औषधी सिरकको माग बढेको छ ।
पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा
झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा ८७ धारा स्थापना गरिएको छ ।
बिहीबारे हटियामा जम्दै घोङ्घीको व्यापार
सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री गर्दै स्थानीय । पौष्टिक तत्वले भरिपूर्ण घोङ्घी स्थानीय बजारमा प्रतिकिलो ८० मा बिक्री हुने व्यापारीहरु बताउँछन् ।
औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादन प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ ।
वनमन्त्री र दक्षिण कोरियाका राजदूतबिच भेटवार्ता
नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टचार भेटवार्ता भएको छ ।
'हिंसामुक्त समाज निर्माणका लागि हामी सबैको साझा प्रयास आवश्यक छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले लैङ्गिक समानतासहित हिंसामुक्त समाज निमार्णका लागि हामी सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।
विद्यार्थीलाई शुद्ध खानेपानी
च्यास्मिटार भन्ने बित्तिकै झट्ट दिमागमा आउने शब्द सुख्खा, पानी नपाइने ठाउँ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार सुख्खा ठाउँ हो । नगरपालिकाको प्राय सबै वडा नै सुख्खा क्षेत्र हो । यहाँ हरेक मानिस पानीको सङ्कट भोगिरहेका छन् ।
घोराहीमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु
घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।
मादक पदार्थ बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ ।
मादी नदीमाथि सिग्नेचर पुल बन्ने
पर्यटक भुलाउन नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चार लेनको पुललाई सौन्दर्यकरण गरिने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत पुल निर्माणको काम पनि सँगै अघि बढाइएको हो ।
अगुवा कृषकलाई जैविक मल बनाउने तरिका सिकाउँदै पुतलीबजार
स्याङ्जाको पुतलीबजार नगरपालिकाले अगुवा कृषकलाई जैविक मल बनाउने तरिका सिकाउन सुरु गरेको छ ।
चुरेका बासिन्दालाई लक्षित खानेपानी योजना लथालिङ्ग
झापाको दमक र इलामको चुलाचुलीमा पर्ने चुरे क्षेत्रका बासिन्दालाई लक्षित गरेर सुरु गरिएको खानेपानी योजनामा बाढीले क्षति पुर्याएपछि स्थानीयहरु प्रभावित बनेका छन्।
'हनी ट्रयाप'मा संलग्न तीन जना पक्राउ
फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।
एक सयभन्दा बढी रैथाने धानखेतीको नमुना प्रयोग
झापाको शिवसताक्षी नगरपालिकामा एकैसाथ एक सयभन्दा बढी प्रजातिका रैथाने धानको बीउको प्रयोगबाट धान उत्पादन गरिएको छ ।
सुरक्षित आवास परियोजना : बर्दगोरियामा मुक्त कमैयाका घर निर्माण
सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा १२ वटा घर निर्माण गरिएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक पाँच वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो ।
फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ ।
मनाङमा चिसो बढ्यो
जाडो मौसम सुरु भएसँगै मनाङमा चिसो ह्वात्तै बढेको छ । चिसो बढ्दा यहाँका नदी, खोला र ताल जम्न थालेका छन् ।
कालीगण्डकी खेल महोत्सवमा सात सय जनाकाे प्रतिस्पर्धा
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ ।
कुटपिटबाट एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।