एसका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उहाँहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने
कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।
असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन
अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
'तीन तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने'
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहको सरकारले बजेट विनियोजन गर्दा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
नवलपुरमा एक सय ९० जना द्वन्द्वपीडित सूचीकृत
नवलपुरमा द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि सबै पालिकामा उपसमिति गठन भएको छ ।
बैकुण्ठधाम महोत्सवबाट दुई करोडभन्दा बढी आम्दानी
बाँकेको डुडुवा गाउँपालिका ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यवस्थित रुपमा बहुआयामिक बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।
अस्पतालको फोहोर निर्मलीकरण गर्ने मेसिन प्रयोगविहिन
जिल्ला अस्पताल बैतडीको फोहोर निर्मलीकरण गर्ने एक करोड रुपियाँको अत्याधुनिक मेसिन जडान नहुँदा त्यतिकै थन्किएको छ ।
बुटवल गोरुसिङ्गे सडक विस्तार पूर्व तयारीको काम तीब्र
बुटवल गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्व तयारीको काम सुरु गरेपनि सडक खन्ने काम भने अझै दुई महिना ढिलोगरी हुने भएको छ ।
प्रगतिनगरमा खानेपानी समस्या अब नहुने
नवलपुरको देवचुली नगरपालिका प्रगतीनगरमा अव वर्षाको समयमा पनि खानेपानीको समस्या नहुने भएको छ । बोरिङ नहुँदा वर्षाको समयमा अनियमित र धमिलो पानीको समस्या भोगिरहेका यहाँका उपभोक्ता अव यो समस्याबाट मुक्त हुने भएका हुन् ।
लवाङ्गी पूजा गरेर नयाँ धानको भात
थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ । धानबाली भित्र्याइसकेपछि प्रत्येक गाउँमा यो पूजा गर्ने गरिन्छ ।
सुपर काबेली ‘ए’ आयोजनाको परीक्षण सफल
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षणको काम सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गरिएको परीक्षण सफल भएको हो ।
अठार बिचौलिया पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाको रुपमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ जना लाई पक्राउ गरेको छ । यातायात ब्यबस्था कार्यालय पर्सा र बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चार वर्षमा पुलको जगसमेत बनेन
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा चार वर्षअघि पक्की पुल निर्माणको काम सुरु भए पनि अहिलेसम्म फाउण्डेशन (जग) को काम पूरा हुन सकेको छैन ।
महोत्सवका लागि विद्यालय बन्द गर्न नगरपालिकाको आव्हान
कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि तीन दिन विद्यालय बन्द गर्न आव्हान गरेको छ ।
मनोचिकित्सक सङ्घको दशाैं राष्ट्रिय सम्मेलन नेपालगन्जमा
नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ ।
करेन्ट लागेर प्रजाको मृत्यु
मकवानपुर मनहरी गाउँपालिका –८ बस्ने एक जनाकाे करेन्ट लागेर मृत्यु भएको छ । सो पालिका बस्ने वर्ष ३८ का मङ्गलसिं प्रजाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुधारगृहबाट बालबालिका फरार घटना छानबिन गर्न समिति गठन
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी
टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै।
मलेसियाको उत्पादकमूल्य २.४ प्रतिशतले घट्यो
मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ ।
अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मलाई मनपर्ने धाः बाजा
नेपाल संस्कृतिमा धनी छ ।
भगवान् बस्ने पिपलको रुख (कथा)
शनिबार ढिलोसम्म सुत्ने बानी छ मेरो ।
आलु खन्दै किसान
काभ्रेपलाञ्चोक, मङ्सिर १४ गते । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ३ दमारका किसान बारीमा फलाएको आलु खन्दै । आलुले राम्रो बजार पाएको स्थानीय किसान बताउँछन्। तस्बिरः रासस
कैदी बन्दीले बनाएका सामग्री
दाङ, मङ्सिर १४ गते । दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढा तथा घर सजावटका सामग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् । तस्बिरः रासस