मतदाताको घरदैलोमा आयोग
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर फागुन पहिलो साताबाट घरदैलोमा पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृतसँगै आयोगले घरघरमा पुगेर निर्वाचन सचेतना र मतसङ्केतलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगले डिजिटल प्लेटफर्मबाट अहिले पनि निर्वाचन सचेतना बढाइरहेको छ ।
‘फागुन २० देखि २२ मौसम सफा’
तिस वर्षको मौसमी तथ्याङ्कले हरेक वर्षको फागुन २०, २१ र २२ गतेको मौसम सफा रहेको देखाएको छ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्लाको मौसम खराब रहन सक्ने र जसकारण निर्वाचन प्रक्रियै बिथोलिन्छ कि भन्ने बहस भइरहेको बेला मौसम विज्ञान विभागले यस्तो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाएको छ ।
द्रुतमार्गसँगै खुल्ने छन् अवसर
समृद्धिमा लम्केको विश्वजगत्, छिमेकी मुलुक भारत र चीनमा भइरहेको तीव्र आर्थिक विकास आफ्नै मुलुकमा देख्ने नेपालीको अभिलाषा पूरा गर्ने गरी काठमाडौँ–तराई/मधेश जोड्ने दु्र्तमार्गले गति लिएको छ ।
प्रभावशालीदेखि जेनजी पुस्तासम्म
राजकीय सत्ता र राजनीतिक सत्तामा पटक पटक महत्वपूर्ण जिम्मेवारी समालिसकेका प्रभावशाली नेताबिचको प्रतिस्पर्धा काठमाडौँ क्षेत्र नं. ५ मा निर्वाचनको सरगर्मी निकै रोचक हुँदै छ । पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको नेतृत्व गरिसकेका अनुभवी नेतासँगै जेनजी पुस्ता प्रतिस्पर्धामा उत्रँदा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो र बहस तीव्र भएको छ ।
सङ्घीय कानुन नबन्दा प्रदेशमा अन्योल
संसदीय समितिले सङ्घीयता आत्मसात् गरी सङ्घीय कानुन, कार्यविधि नआउँदा प्रदेशले समयमै कानुन बनाउन खोजे पनि असमानता र सङ्घर्ष उत्पन्न भएको औँल्याएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको अध्ययन प्रतिवेदनले सङ्घीय कानुन समयानुकूल रूपमा सङ्घीयताको मर्म अनुरूप नआउँदा प्रदेशका कानुनसँग बाझिएको देखाएको हो ।
आजदेखि दसौँ टी–२० विश्वकप
क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।
नागरिक स्थान र जवाफदेहिता सुदृढ बनाउन माग
मधेश प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले समुदायको सशक्तीकरणका लागि नागरिक स्थानको सुदृढीकरण, सरकारी जवाफदेहिता र समावेशी नीतिको आवश्यकतामा जोड दिएका छन्।
ढिस्कोले पुरिएर कामदारको मृत्यु
झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।
सांस्कृतिक पर्वको सगुन प्रहरीले गर्यो नष्ट, महासंघको आपत्ति
काठमाडौँको टोखा नगरपालिका वडा नंं ३ स्थित साङ्बो भोटेसहितका परिवारको सांस्कृतिक पर्वका लागि बनाइएको तुङ्बा लगायतका सामग्री प्रहरीले नष्ट गरेपछि सो परिवार समस्यामा परेका छन् ।
झुटा सूचनाले समाजलाई विकृत बनाउँछ : नेता पौडेल
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा गरिरहेको बताउनुभएको छ ।
आठौं परीक्षामा नेता त्रिपाठी र शुक्लाः कस्ले मार्ला बाजी ?
राजनीतिमा टिकिरहनु मात्र होइन, पटक–पटक मतदाताको परीक्षा दिनु पनि आफैंमा ठूलो चुनौती हो । २०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिरहेका दुई नेता–पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रूपन्देही –४ का सर्वेन्द्रनाथ शुक्ला यसपटक आठौँ पटक प्रतिष्पर्धामा हुनुहुन्छ ।
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् ।
श्रम दानबाट एकल महिलालाई घर
मकवानपुरको थाहा नगरपालिकामा श्रम दान गरेर एकल महिलाका लागि घर निर्माण गरिएको छ । थाहा नगरपालिका –४ स्थित शिखरकोट निवासी एकल महिला चिनीमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर श्रमदान गरेर नयाँ पक्की घर निर्माण गरिएको हो ।
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि-२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।
अमेरिका-रुसबिच सैन्य संवाद पुनः सुरु
युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र कार्यविधि अझै सरल र प्रभावकारी बनाउनुपर्ने
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (नमुना) कार्यविधि अझै सरल र प्रभावकारी बनाउन सरोकारवालासँग छलफलको आयोजना गरिएको छ ।
जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने
जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ ।
रूसी जनरलमाथि गोली प्रहार
रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ ।
अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
अष्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाको लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ ।
दैनिक १३ लाख मतपत्र छपाइ
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ ।
दुर्गमका मतदान स्थलको स्थलगत अनुगमन
रुकुमपश्चिममा जिल्ला सुरक्षा समितिको अगुवाईमा मतदान स्थलहरूको स्थलगत अनुगमन भइरहेको छ ।
काबुलको कूटनीतिक दबाबपछि युएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा
संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ ।
इरान-अमेरिका ओमान वार्ता तयारी
घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् ।