शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दुःख, व्यथा र वेदना सहेर
निःस्वार्थ
करुणा र स्नेह खन्याएर
सन्तानलाई न्यानोपन दिने
जीवित भगवान् हुन् आमा ।
शारीरिक अपाङ्गता
अशक्त किन नहुन् सन्तान
हरेक समय
तिनकै सेवामा समर्पित हुने
जीवित भगवान् हुन् आमा ।
चल्दैन शरीर, सार्न मिल्दैन पाइला
शौचालय बिछ्यौनामै छ
त्यस्तो सन्तानको पनि
सेवामा तल्लीन हुने
जीवित भगवान् हुन् आमा ।