जुम्ला पूर्ण खोप सुनिश्चित घोषणा
जुम्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । चन्दननाथ नगरपालिकासहित आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका हुन् ।
अनावश्यक ‘चेक प्वाइन्ट’ हटाउन माग
कर्णाली प्रदेशको नाकादेखि विभिन्न प्रमुख राजमार्गमा प्रहरी चेक प्वाइन्ट अत्यधिक भएकाले ती चेक प्वाइन्ट हटाउन कर्णाली प्रदेश प्रहरीसमक्ष माग गरिएको छ ।
डिपिआरमा लाखौँ खर्च
जिल्लाको पलाता गाउँपालिकाले यकिन नभएका योजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा ठुलो रकम खर्च गरेको पाइएको छ ।
करको दायरा बढाउन सकस
कञ्चनपुरका स्थानीय तहले करको दायरा फराकिलो बनाउन सकेका छैनन् । यहाँका अधिकांश पालिकाले आर्थिक वर्ष २०८०/८१ मा मनोरञ्जन कर र विज्ञापनबापत कर उठाउन सकेका छैनन् ।
प्रभावकारी बन्दै योग साधना
सुदूरपश्चिम प्रदेशसहित विभिन्न क्षेत्रमा योग साधना प्रभावकारी बन्दै गएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले छुट्टै योग परार्मश केन्द्र स्थापना गरेर योग साधनालाई नियमित गरेको छ ।
अजयमेरुकोटको पुनर्निर्माण
डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सुरु गरिएको छ ।
सेती राजमार्गको निर्माण तीव्र
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती राजमार्गको निर्माण तीव्र रूपमा अघि बढेको छ । नौ वर्षदेखि बन्ने भन्दै चर्चा मात्रै हुँदै आएको तर बन्न नसकेको सेती राजमार्गको निर्माण सुरु भएपछि तीव्रता पाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन गर्नमा भएको ढिलाइले सेती राजमार्गको दक्षिण खण्डको काम प्रभावित हुँदै आएको थियो ।
स्वदेशमै ग्यास भण्डार
नेपाल प्राकृतिक स्रोतको धनी मुलुक हो । हिमाल, पहाड र तराईले बनेको यो देशमा एकातिर जलस्रोत र अर्कातिर खनिज स्रोतको भण्डार छ ।
दलीय संवेदनशीलता
पूर्वसचिव पद्मप्रसाद पोखरेलले हालै आफ्नो जीवनी प्रकाशन गर्नुभएको छ ।
शिक्षामा दिगो बहस
अक्षराङ्क पद्धति विश्वका अधिकांश मुलुकले अपनाउँदै आएको प्रणाली हो ।
योग, ज्ञान र निरोगी नेपाल
आज जुन २१ तारिख अथवा वर्षभरिको सबैभन्दा लामो दिन ।
प्राथमिकताबिनाका योजना लथालिङ्ग
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ मा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन तीन वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेशले सुरुमा दिएको अपूरो बजेट र त्यसयता भएको बेवास्ताको कारण भवन लथालिङ्ग बनेको छ ।
‘खण्ड खण्डमा जिन्दगी : जिज्ञासा र अनुभवको इतिवृत्त’ सार्वजनिक
पूर्वप्रशासक पद्मप्रसाद पोखरेलको आत्मवृत्तान्त ‘खण्ड खण्डमा जिन्दगी : जिज्ञासा र अनुभवको इतिवृत्त’ सार्वजनिक भएको छ ।
कविता तथा चित्रकला प्रतियोगिता सम्पन्न
जिल्लास्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा रुपन्देहीको देवदह इङ्ग्लिस बोर्डिङ स्कुलकी दिया न्यौपाने प्रथम हुनुभएको छ ।
दुई व्यक्तित्व पुरस्कृत
गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ ।
काठमाडौँमा सिजाङ सांस्कृतिक उत्सव
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नरहेको बताउँदै यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनमा आधारित रहेको उल्लेख गर्नुभयो ।
खर्कमै पुगेर चौँरी वितरण
हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौँरीगाई वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक सहयोगमा सो किसानलाई १४ वटा चौँरीगाई वितरण गरिएको हो ।
हाइब्रिडले रैथाने मुलाको बिउ विस्थापित
बर्खामा धान खेतीले भरिभराउ देखिने ठुलोखेत मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो ।
विदेशी लगानीकर्तालाई नेपाली मुद्रामै खाताको व्यवस्था
अब गैरआवासीय नेपाली (एनआरएन) ले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन विदेशी लगानीको स्वीकृतिअगावै रकम भित्र्याउन सक्ने भएका छन् ।
उत्कृष्ट कृषक पुरस्कृत हुँदै
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार १४ जना किसानलाई प्रदान गरिने भएको छ । प्रत्येक प्रदेशबाट दुई जनाका दरले छनोटमा परेका किसानलाई आगामी मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत गर्न लागिएको हो ।
प्रदेशस्तरीय सिप महोत्सव हुने
सिप विकाससँग सम्बन्धित विविध आयामबारे उजागर गर्ने उद्देश्यले हेटौँडामा दुईदिने सिप महोत्सव, २०८२ आयोजना हुने भएको छ ।
एघार महिनामै सन्ताउन्न अर्बको ग्यास आयात
बजारमा खाना पकाउने एलपी ग्यासको आयात पाँच प्रतिशतले बढेको छ । खपत बढेसँगै आयातसमेत वृद्धि भएको हो ।
विदेशी प्रशिक्षक ल्याउन पूर्वस्वीकृति अनिवार्य
खेल संस्थाले विदेशी प्रशिक्षक र खेलाडी ल्याउनुअघि सम्बन्धित मन्त्रालयको अनिवार्य पूर्वस्वीकृतिको व्यवस्थासहित राष्ट्रिय खेलकुद विकास ऐन संशोधन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ ।
सहज बन्दै सिकलसेल बिरामीको उपचार
नेपालमा सिकलसेलका बिरामीका लागि उपचार तथा औषधी व्यवस्थापन सहज बन्दै गएको छ ।