• २४ माघ २०८२, शनिबार

सिक्दै, कमाउँदै विद्यार्थी

blog

आफैँले बनाएको परिकार बेच्दै विद्यार्थी । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, माघ २४ गते ।
दीपशिखा आवासीय माध्यमिक विद्यालयका होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरूले फूड फेस्टिवल आयोजना गरेर आफ्नो सीप र सिर्जनशीलता प्रदर्शन गरेका छन् । विद्यालयको प्राङ्गण रङ्गीन पाल र स्वादिलो परिकारको सुगन्धले भरिएको थियो ।

विद्यार्थीले आफैंले पकाएका थारू, नेवार र नेपाली परिकारसँगै चार्ट र पानीपुरीजस्ता खाजाहरू बिक्री गरेका थिए । अभिभावक, शिक्षक र विद्यार्थीहरू सबैले विद्यार्थीको प्रयासको प्रशंसा गरेका थिए । प्रधानाध्यापक मनोज बुढाथोकीका अनुसार विद्यार्थीको व्यवहारिक सीप विकासका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद शर्माले सिकेका कुरा व्यवहारमा उतार्न विद्यार्थीलाई प्रेरणा मिल्ने बताउनुभयो ।

यसैबिच विद्यार्थी सैमन चौधरी अर्जुन वली र ग्रिष्मा योगी लगायतले  फुड फेस्टिवलले आफूहरूलाई आत्मनिर्भर र व्यवहारिक बनाउनमा सहयोग पुगेको बताएका बताउनुभयो । त्यस्तै, विद्यार्थीले बनाएको परिकार स्वादिलो र टेस्टी रहेको अभिभावक अशोक चौधरीले बताउनुभयो । अबको शिक्षा सैद्धान्तिक मात्र नभएर व्यवहारिक पनि हुनुपर्ने बताउनुभयो ।  विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा  निरन्तरता दिने जनाएको छ । दीपशिखाका विद्यार्थी अहिले पढाइमा मात्र होइन, पढ्दै, सिक्दै, कमाउँदै जीवनका सीप पनि सिक्दैछन् ।