नाट्य शिरोमणि बालकृष्ण सम बहुआयामिक सर्जक साँच्चि । सत्य तथ्य निर्विवाद साबितिए यसैले । उनका तन्मय चिन्तन–लेखन, अभिव्यक्ति स्वछन्द–धारावाही अनि अजश्र रहेको यस चेतधारी ठम्याइरहे बनेको आत्मानुभूति यो । पस्काउन जमर्किरहेँ ! चैतन्यचेत सदाबहार !
विसं १९५८ मा जन्मिएका बालकृष्णशमशेर जङ्गबहादुर राणा २०३८ विसंमा दिवङ्गत भए । ८० वर्ष जीवनयापन गरेका बहुआयामिक व्यक्तित्व सम । बहुआयामिक व्यक्तित्वको व्याख्या विश्लेषण बालकृष्ण नामकरण, बाल्यकालका प्रासङ्गिक क्रियाकलाप कर्मठ यौवनकाल–युगानुकूल सापेक्ष बन्ने क्षमता दिवङ्गत चेतका सामयिक पुरुषार्थ रहे बनेका छन् । समका समन सामयिक विचार, क्रियाकलाप अनि लेखन अभिव्यञ्जना साक्ष्य छन् । समका दार्शनिक चिन्तन चेत, भाषिक अभिव्यक्ति, लेखन शिल्पशैली विन्यास मौलिक रहे बनेको निर्विवाद सत्यतथ्य !
वैदिक धर्म आस्थामय पूर्वीय हिन्दु दर्शनमा अडिग चिन्तनधारी समका मातापिताले बालकृष्ण नामकरण गर्नु सार्थक रहे बने भन्छु । न्वारानका साइतमा अनेत्र बालकलाई कृष्ण परमात्मा जस्तै बनून भन्ने कामनाका सूत्रधार बने रहेको ठम्याइ
पस्काएँ ! श्रीमद्भागवत गीतामा कृष्ण परमात्माले ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।’ भने झैँ समले आफ्ना मानसपटल चम्किलो तुल्याउन सार्थक रहे, बने । अझै पनि रहेकै छन् भन्न चाहेँ ।
बालकृष्णशमशेर जबरा समयानुकूल आफूलाई सन्तुलित राख्ने क्षमतावान् पुरुषार्थी व्यक्तित्व रहे बने । ज्वलन्त उदाहरण ‘जङ्गबहादुर राणा’ २००७ को जनक्रान्तिपश्चात् सममा रूपान्तरण हुन गर्न सक्नुभन्दा ज्वलन्त उदाहरण अरू के नै ? सबैमा यस्तो गुरुत्वाकर्षणयुक्त प्रत्युत्पन्न चिन्तनमय धारणा बिरलै भेटिने गुणवर्ती मूर्त धारणा पाइयो !
काठमाडौँ कमलपोखरी परिसरमा नेपाली शिक्षा परिषद्ले गोपाल पाण्डे असीमको अगुवाइमा २०५६ सालमा प्रतिस्थापित प्रतिमा अङ्कित उक्ति ‘मानिसको जात मानिस नै हो, उसको अर्को जातै छैन !’ उद्गार समका समावेशी चिन्तन युग दर्शन कसरी नसाबितिएला ? समका आफ्नै छोरी रश्मि शाहले चितवनमा आफ्ना पतिको हत्या हुँदाका व्यथावेदनामा आत्मदाह गरेको घटना उल्लेख्य बन्छ । चिन्तामय वेदनाले दग्ध नहुने मानवीय हृदय कस्को पो हुँदो हो ? कत्रो धैर्यधारणधारी सम चेत...!
समका नाटक अनेक छन् ‘मुकुन्द इन्दिरा’ धेरैले पाठ्यपुस्तककै रूपमा अध्ययन गरिएका कथोपकथन मार्मिक रहे बने–
“देश भक्ति त मर्दैन चुत्थै देश भए पनि,
पतिभक्ति त मर्दैन पापी पति भए पनि !”
‘मुकुन्द इन्दिरा’ नाटकमा पात्रद्वारा व्यक्त उद्गार ! भविष्य दर्शनका दर्पण झैँ लाग्दो सावितिन्छ । समय चक्रको तुजुक अपरम्पार...! तिनै प्राकथन बने झैँ झल्यासिँदो आफँै अन्तर चेत कृष्ण परमात्मामा अर्पन चाहेँ !!! पाठकवृन्दमा सादर ।
दिवङ्गत समका साथ जीवन्त सार्थक प्रभाव आर्जेका स्वान्त सुखाय अनुभूति पस्काउने धृष्टता अर्पें ! प्रणामसाथ लीलाका ! २०१०/११ सालतिर । नेपाल साहित्य मन्दिर–भक्तपुरमा सूर्यबहादुर पिवाःको सभापतित्वमा जनज्योति पुस्तकालय नासमना टोल–घटखा बजारमा समले नवरस कविता वाचन गरेका थिए । नवरस कविता हाउभावसहित अभिनय गरी प्रत्यक्ष उजागर गर्नुका साथ सस्वर अभिनीत नवरस कविताका अन्तरङ्गहरू तरङ्गित थिए । स्वरलहरीमा तरङ्गित भावधाराले मन बहलाउने क्षमता अन्तर्निहित राखेको प्रत्यक्ष बोधी ज्ञान आर्जें । ठाने–माने–आत्मबोध गरेँ । जीवन धन आर्जन छिटपुट बटुलबाटुल मात्र स्मृति–भरिका झझल्का यी उप्काई मनका तरङ्ग ! साहित्यिक समाजका मानसिकतामा शृङ्गार उपहार अर्पें !
नेपाली शिक्षा परिषद्को तत्वावधानमा दिवङ्गत कवि, महाकवि, लेखक, स्रष्ठाका स्मृति दिवसका अवसरमा सुकेफल छोहरा, नरिवल, काजु, कागजी बदाम आदि पस्काउँदा समका समयोचित वचनामृतले प्रोत्साहित भएथेँ । यो समय तपाईंहरूकै हो । हामी त बुढ्यौलीमा ढल्कदै छौँ । मनै उजिल्याउने मुक्तकण्ठ प्रोत्साही पुरस्कार बन्यो ! सार्थक अभिव्यक्ति प्रेरणादायक बन्छ । अझै अभिप्रेरित रहिरहेको यिनै बुढ्यौली हस्ताक्षर नजराना अर्पन चाहेँ । जय शिव ॐकारा ....।
बेला बेलामा भन्छौँ हामी जय शम्भो ! हरे कृष्ण । नारायण नारायण ।। हे पशुपतिनाथ ।।। अनायास स्वस्फूर्त उन्दास । आत्मोत्सर्गका अन्तरचेत !
सम चेत/धारणा धारण गर्नु नै हो भन्ने ठम्याइमा छु । धारण गर्नुको यथार्थ जे चिताएको छ, त्यसलाई मूर्त रूप दिनु । मूर्त रूप दिन सङ्कल्प चाहिन्छ । सङ्कल्प दृढ धारणा । सङ्कल्प स्वार्थरहित हुन्छ । स्वअर्थ स्वार्थ । यो वा त्यो गरेर मलाई के लाभ सोच स्वार्थ बन्छ । राष्ट्रको हिमशृङ्खला झैँ पावन विश्वकै अग्लो धामले कलङ्कित आकृति धारण गर्दा स्वर्ग जस्तो मातृभूमि यमपुरीमा रूपान्तरित हुन के बेर ? भावावेशमा बगेछु । क्षमश्चमाम् धारणा पस्काउँछु । नतमस्तक छु ।
सम उदारताभित्र लपेटिएका एक जीवन्त ज्वलन्त अनुभूति उजागर गर्ने मनसुवा जाहेर गर्ने ढुकढु्की यो । अहिले नगरे कहिले ? भोलि अनिश्चित । अहिलेका पुस्तालाई नबताए लोप हुन्छ । बताउनु दान धर्म । भिक्षु चर्या ! कुरोको चुरो तिनै त्यही जमिनको । सबैले झलझलाकार देख्दै गरेका । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक चोसो, दोस्रो भक्तपुर–ललितपुर, तेस्रो कान्तिपुर राजधानी काठमाडौँ महानगर । त्यससित अन्तर्निहित महात्म्य पारायण गर्ने मनसुवा व्यक्त्याउन चाहेँ ।
दिवङ्गत राजा महेन्द्रको प्रबल इच्छा, पञ्चायत स्तम्भ स्थापना स्थल ! गृह पञ्चायतमा दुई सचिव । गृहमा जर्नेल छत्रविक्रम राणा । पञ्चायततर्फ सुन्दरप्रसाद शाह । स्तम्भ खडा गर्न पहिलो बैठक बस्यो । विभिन्न मन्त्रालय, विभाग वरिष्ठ प्राविधिक विज्ञहरू सहभागी हुने नै भयो र माइन्युटिङ गर्ने आफ्नै थाप्लोको कुम्लो । होसियारीपूर्वक वहन गर्नुपर्ने जिम्मेवारी । सचेत, सतर्कता, इमानदारीका अभ्यन्तर बन्दो रैछ । सिक्ने, जान्ने बुझ्नेका मेलो बन्दो रहेछ । इमान्दारीसाथ जिम्मेवारी वहन गर्दा आत्मविश्वास बढ्दो रहेछ । सचिव र मन्त्रिका भरपर्दो हुँदो आत्मानुभूति बन्छ ।
स्मारक स्तम्भमा पाँच सिंहमरमरका भव्य पाँच कोण । प्रत्येक कोणमा तात्कालीन संविधानमा उल्लेखित धाराबाट राजनीतिक, आर्थिक, सामाजिक, वर्गीय सङ्गठन र अन्तर्राष्ट्रिय नीति उल्लेख गर्नु औचित्यपूर्ण हुने व्यक्त गर्दा नाट्य शिरोमणि समले प्रफुल्ल बनी ज्ञानेश्वरस्थित बालकृष्ण सम निवासमा बोलाएका थिए । बिदाका दिन पुगेँ । शिष्टताले मिष्ठता मिल्यो आत्मसन्तोषको भरोसा बखानिरहेछु ।
श्रीमद्भागवत गीता ‘कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचन । मा कर्म फल हेतुर्भूर्माते सङ्गो स्तकर्मणि ।।’
काम गर्नु सफलतापूर्वक सिद्ध गर्न काममा संलग्निनु परमधर्म बन्छ । अनर्गल सोच अन्यथा भाव । यस्तो आचरणले अन्यथा सोच उद्भव हुन छेकबार लाउँछ । मन शुद्ध हुँदा चित्त रहन्छ शान्त । शान्त चित्त सदाबहार जीवन । सदाबहार जिन्दगी–दीर्घायु ।