• ७ असार २०८२, शनिबार

हात्तीसार संग्रहालयमा राणाकालीन हौदा (फोटोफिचर)

blog

मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित राणाकालीन हात्तीसार सङ्ग्रहालयमा रहेको ऐतिहासिक घिर्नी । तस्बिरः अस्मिता अर्जेल

स्मिता अर्जेल

मकवानपुरगढी, असार ७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित राणाकालीन हात्तीसार सङ्ग्रहालय ऐतिहासिक महत्व बोकेको स्थल हो । 

संग्रहालयमा बेलायती महारानी एलिजावेथ नेपाल भ्रमणमा आउँदा शिकारको क्रममा प्रयोग भएका र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् ।

तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितिया र राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले शिकार खेल्नुभएको इतिहास सङ्ग्रहालयमा सुरक्षित छ ।

बेलायती महारानी एलिजावेथले प्रयोग गरेका चार वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गर्नुभएको पिँजडा हौदासहित हात्तीसार भवनभित्र ४२ वटा हौदाहरु रहेका छन् । 

साथै हात्तीसार घरभित्र शिकार खेल्न जाँदा घेर्न प्रयोग हुने सेतो कपडा, हात्तीमाथि चढ्न प्रयोग गरिने धानको भुस, परालसहितका जुटका बोरा, माछा राख्ने एक्युरियम, आत्ती बाध्ने गोल खम्बा, घिर्नी, झुलको डण्डी, बेत, खुर्पी, धागो, फलामको खन्ती, डोरीको पेटार, पूरानो काठी, भारदारी हौदा, सुसारे हौदा लगायतका सामग्री संरक्षित छन् ।