पत्रकारलाई पुँजीबजारसम्बन्धी तालिम
लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजारसम्बन्धी एक दिने तालिम दिइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका पत्रकारलाई आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिइएको समितिका महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।
ट्वाइलेट, बाथरुम क्लिनर बनाउने तालिम
कपिलवस्तुको शिवराज नगरपालिकाका गृहिणीले ट्वाइलेट बाथरुम क्लिनर बनाउने तालिम लिएका छन् । नगरपालिकाको वडा ३ को आर्थिक सहयोगमा सहकारीमा आबद्ध २५ जना महिलालाई ट्वाइलेट क्लिनर, फिनेल र टायल क्लिनर बनाउने तालिम प्रदान गरिएको हो ।
गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पालिकाभित्र रहेका ७० वर्षभन्दा माथिका आंशिक वा पूर्ण रुपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा दन्त उपहार प्रदान गर्ने भएको हो ।
जनताको पक्षमा सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल
नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिलेको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।
सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम सहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममा थन्किएको छ ।
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धि प्रतिवेदन संसदीय समितिमा
विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१ संसदीय समितिमा पेश भएको छ ।
टीकापुरलाई गुलाबी पर्यटकीय शहर बनाइँदै
प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब रोप्ने काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गर्नुभएको छ ।
अशक्तलाई घरमै पुगेर नागरिकता
जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
'मन त्यतै कतै' सार्वजनिक
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे सङ्गीतमा ‘मन त्यतै कतै भुलेछु कि’ गीत सार्वजनिक भएको छ ।
कार्यसम्पादनमा त्रिवेणी पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाको त्रिवेणी नगरपालिका पहिलो भएको छ ।
रोगले सुकेर उजाडिए सुन्तला बगैँचा
सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।
कार्यसम्पादनमा सिद्धिचरण पहिलो
स्थानीय सरकारहरुको कार्य सम्पादन मूल्याङ्कन नतिजा अनुसार ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका पहिलो भएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये नगरपालिका पहिलो भएको हो ।
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन् । विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो ।
घोराही होलेरी सडक पुन: निर्माण अनिश्चित
सहिदमार्ग सडक खण्ड अन्तर्गत दाङको घोराहीबाट रोल्पाको होलेरी जाने सडक कालोपत्रे गरेको ६ वर्ष भयो ।
लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान
कपिलबस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ ।
विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य संगठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।
प्रेमको स्पर्श
प्रेम भनेको फूलको सुवासजस्तो, न आँखाले देखिन्छ, न हातले समातिन्छ, तर पनि मुटुको कुनामा बसेर मधुर मिठासले मनलाई भरिदिन्छ।
हुम्लामा समकोट गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै सिमकोट यसवर्ष उत्कृष्ट भएको हो ।
उखु खेती घट्दै
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरले क्षति गर्ने र मिहिनेत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भएको हो ।
लालुपाते फुलेपछि मनमोहक देखियो हिमाल
‘लालुपाते नुघ्यो भुइँतिर, कि लाउ माया मैतिर, कि लाउ उइतिर, ए निर नलाउ दुईतिर’ गायक राजु परियार र विष्णु माझीले स्वरमा सजिएको लोकदोहोरी गीत जनजिब्रोमा जति लोकप्रिय छ, लालुपाते फूल पनि उत्तिकै मनमोहक हुन्छ ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम
बाँकेको कोहलपुर नगरपालिकाभित्र विभिन्न टोल र गाउँबस्तीका स्थानीय बासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ ।
सुधार केन्द्रमा एकको मृत्यु
नवजन्म सुधार केन्द्रले यातना दिएपछि एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –९ रामपुर टोलका करिब ३४ बर्षे धिरेन्द्र भनिने प्रदिपप्रसाद मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ ।