बैतडीमा बेवारिसे शव फेला
बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
कृषकलाई ट्याक्टर सहयोग
यहाँको हरिनास गाउँपालिकले ५० प्रतिशतमा अनुदानमा हाते ट्याक्टर सहयोग गरेको छ । पछिल्लो समय कृषि कर्मप्रति आकर्षणमा कमी हुँदै जान थालेपछि कृषिलाई आधुनिकीकरण बनाउने उद्देश्यसाथ पालिकाले १०२ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र थन्कियो
बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएको छ । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवनकुमार शाहीले जानकारी दिनुभयो ।
मौरिस हर्जोग र अन्नपूर्ण धौलागिरि ट्रेकको नक्सा सार्वजनिक
पर्यटन प्रवर्धनमा टेवा गर्ने उद्देश्यले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग र म्याग्दी र पर्वतका केही गाउँहरू समावेश गरेर बनाइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक गरिएको छ ।
खेत जोत्न किसानलाई पावर ट्रिलर
मर्स्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि पावर ट्रिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा किसानलाई पावर ट्रिलर वितरण गरिएको हो ।
कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृ शोक
काठमाडौँ, चैत २ गते । नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौँको ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस पार्टी सचिवालयले जनाएको छ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो । लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्नुहुँदै दुःख व्यक्त गर्नुभएको छ ।
नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु
अविनाश चौधरीधनगढी, चैत २ गते । कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ का १६ वर्षीय आश्रित ओझा र सोही ठाउँका १५ वर्षीय दिनेश ओझा रहेका छन् । आश्रित कक्षा १० र दिनेश कक्षा ९ मा अध्ययनरत विद्यार्थी थिए । यसै गरी, डुबेका दुई जनाको सकुशल उद्धार गरिएको छ । १५ वर्षीय आदर्श पुजारा र १६ वर्षीय करनसिंह धामीको उद्धार गरिएको हो । घाइते दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार चारै जना शुक्रबार नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनीहरू डुबेका थिए । मृतकको शव घटनास्थलभन्दा ३० मिटर पर नदीमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, फूलबारीमा रहेको सशस्त्र प्रहरीको टोली र धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले डुबेका किशोरहरूको संयुक्त रूपमा खोजतलास गरेर पानीबाट शव निकालेका थिए ।
समृद्धिका लागि विज्ञान प्रविधि
काठमाडौँ, चैत २ गते । विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहोर्याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरू प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठुलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, औद्योगीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ । सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा नेपाललाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ । विज्ञान प्रविधि नेपालको उज्ज्वल भविष्यको आधारस्तम्भ हो ।राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरूको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवर्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । तथापि, नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आबद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमार्फत वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तनलाई दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा विज्ञान र प्रविधिसम्बन्धी नीति पहिलो पटक २०४४ सालमा ल्याइएको थियो । त्यसपछि समयानुसार यसमा संशोधन हुँदै आएको छ । पछिल्लो विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६ ले वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि हस्तान्तरण, तथा नवप्रवर्तनलाई प्राथमिकता दिएको छ । यस नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिँदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरूलाई समेट्ने प्रयास गरेको छ । कृतिम बौद्धिकता (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इन्जिनियरिङको अधिकतम उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यावसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रूपमा लिइएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई समृद्ध नेपालको निर्माणका लागि प्रमुख आधारका रूपमा लिइएको छ । सोह्रौँ पञ्चवर्षीय योजनामा योजनाले वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवर्धन गरी दिगो आर्थिक विकास गर्ने लक्ष्य राखेको छ । यस योजनामा विज्ञान प्रविधिसम्बन्धी मुख्य रणनीति र लक्ष्यहरूमा सूचना प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्धन, कृषि तथा खाद्य सुरक्षामा विज्ञान प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रमा प्रविधिको विस्तार, पूर्वाधार तथा ऊर्जा प्रविधिको प्रयोग, वातावरण तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयहरूलाई समावेश गरिएको छ । नास्टको भूमिकानेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्थापनादेखि निरन्तर रूपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू–सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरूबिच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवर्धन गर्न विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भइसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ । नास्टले यसै वर्ष विज्ञान प्रविधि सूचना प्रणाली केन्द्रको स्थापना गरी विज्ञान प्रविधिको सम्पूर्ण सूचनालाई भण्डारण गरी उपयोगमा जोड दिइएको छ । वार्षिक कार्यक्रमका लागि तय गरेका विभिन्न अनुसन्धान तथा विज्ञान प्रविधिका प्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसको लागि विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरूलाई क्रियाशिल बनाइएको छ । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्रको स्थापनाको कामलाई पूर्णता दिई जनशक्तिको व्यवस्था गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । संरचना एवं पूर्वाधार विकासतर्फ बितेको आर्थिक वर्षमा बायोमेडिकल रिसर्च ल्याबको निर्माण कार्य सम्पन्न भएको छ भने हाल ‘सेकेन्डरी स्टयान्डर्ड डोसिमेट्री ल्याबरेटोरी’को निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ ।विदेशी वैज्ञानिक संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई अघि बढाउने काम भएको छ । सन् १९९० देखि इटालीको वैज्ञानिक संस्थासँग मिलेर लोबुचेस्थित पिरामिड ल्याबको प्रयोग गर्दै उच्च धरातलीय अनुसन्धान कार्य गर्दै आएकामा सन् २०१५ देखि सो कार्य अवरुद्ध भएकाले त्यसलाई सूचारु गर्ने व्यवस्था मिलाइएको छ । सन् २०१९ मा जापानको वैज्ञानिक संस्था क्युटेकसँगको सहकार्यमा नास्टले नेपालकै प्रथम न्यानो स्याटलाइट (नेपाल स्याट १) अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यस्तै सन् २०२४ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था ‘आएएसआरओ’सँग दोस्रो न्यानो स्याटलाइट (मुनाल) चाँडै प्रक्षेपण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्था ‘सिएसआइआर’सँग विज्ञान तथा औद्योगिक अनुसन्धानका बृहत् विषयमा सहयोग र सहकार्य निम्ति समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस संस्थासँगको संयुक्त कार्यक्रम तथा प्रविधि हस्तान्तरणबाट नेपाललाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ । यस वर्ष जापानको वैज्ञानिक संस्था ‘सिएसआइएस’सँग ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम (जिएनएसएस) प्रणालीलाई नेपालमा प्राकृतिक प्रकोप, आपत्कालीन समस्या पहिचान, यातायात प्रणाली, भूमि व्यवस्थापनजस्ता क्षेत्रहरूमा उपयोग गर्ने गरी समझौता गर्ने काम अघि बढेको छ । यसैगरी स्थानीय संस्थाहरूसँग सहकार्य गर्ने काम अघि बढिरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग प्रकृति संरक्षण विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ भने उद्योग वाणिज्य महासङ्घसँग सहयोग र सहकार्यका लागि छलफल सुरु भएको छ । विज्ञान तथा प्रविधिको प्रयोग स्वस्थ र सुखी जीवन तथा राष्ट्रिय समृद्धिको प्राप्तिका लागि हुनुपर्दछ । यसको निमित्त राम्रो विज्ञान शिक्षा, अनुसन्धान, प्रविधि नवप्रवर्तन आधारभूत आवश्यकता हो । जनताको जीवनस्तर वृद्धि र देशको समृद्धिको निमित्त विज्ञान र प्रविधिको भूमिकालाई सशक्त बनाउने, वस्तुनिष्ठ र ठोस परिणाममुखी कार्यक्रम सञ्चालन गरी नाष्टको प्रतिष्ठामा वृद्धि गरी नाष्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने हुन्छ । भावी योजना निर्माण गर्दा सरकारको चालु आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम, विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकासका लक्ष्यलाई मार्गनिर्देशक मानिनेछ । योजना तयार गर्दा नास्टका विषयगत वैज्ञानिक उप–समितिहरु, नास्टबाट आयोजना गरिएका सम्मेलन, गोष्ठी, छलफलका प्रतिवेदन, अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँगको सहकार्य गर्ने समझदारी, विभिन्न मन्त्रालय एवं राष्ट्रिय संस्थाहरूसँग भएका समझदारी र सम्झौता, राष्ट्रिय योजना आयोगसँगको परामर्श, प्राज्ञसभाको सल्लाह सुुझावलाई आत्मसात गरिएको छ । योजनाको कार्यदिशा उत्पादन वृद्धि तथा उद्यमशीलताको विकासमा सहयोग पुर्याउने नवीन प्रविधिहरुको विकास, अनुसन्धानलाई औद्योगिक उत्पादनसँग जोड्ने, विज्ञान शिक्षण आधुनिकीकरण, विज्ञान, गणित, इन्जिनियरिङ विधामा उच्च अध्ययन गरेका जनशक्तिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सहयोग गर्नु, भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र वा फिजियोलोजी विधामा उत्कृष्ट स्तरको अनुसन्धान हुने वातावरण तयार गर्नु नास्टको लक्ष्य रहेको छ । त्यस्तै विज्ञान प्रविधिको राष्ट्रिय सूचना प्रणाली विकास गर्न युवा वैज्ञानिकहरूलाई अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त अवसर प्रदान गर्नु, परम्परागत प्रविधिको प्रवर्धन, प्रादेशिक अनुसन्धान केन्द्रहरूको प्रभावकारी सञ्चालन, बाञ्छित भौतिक संरचनाको निर्माणतर्फ लक्षित रहेको छ । ती योजनाअन्तर्गतका कार्यक्रमलाई कृषि र खाद्य उत्पादन, स्वास्थ्य, विज्ञान शिक्षा, ऊर्जा, वन पैदावार, जलस्रोत, भौतिक पूर्वाधार, सूचना प्रविधि, औद्योगिक उत्पादन, वातावरण, जलवायु परिवर्तन एवं प्राकृतिक प्रकोपका क्षेत्रहरूमा सञ्चालन गर्ने धारणा रहेको छ । अन्तरिक्ष प्रविधि र उच्च धरातलीय अनुसन्धान तथा भूकम्प पूर्वसूचना प्रणालीको स्थापनालाई पनि महत्त्व दिइएको छ । उत्कृष्टस्तरको अनुसन्धानको लागि सबल र उत्कृष्ट प्रयोगशालाको निर्माण तथा उत्कृष्ट अन्तरराष्ट्रिय प्रयोगशाला एवं वैज्ञानिकहरूसँग सहकार्य गर्ने, प्रविधि नवप्रवर्तन प्रसार र स्थानान्तरणका लागि प्राविधिक भवनको निर्माण, प्रदेशहरूको विशेषताअनुरूप त्यहाँ स्थापित अनुसन्धान केन्द्रहरूको सुदृढीकरण र क्षमता विकास, वैज्ञानिकहरूको क्षमता विकास गर्ने योजना रहेको छ । यी सबै कार्यमा तीनै तहका सरकार, वैज्ञानिक समुदाय र आम नागरिकको सहयोग, सहकार्य र सद्भावको खाँचो पर्दछ । (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति–प्राडा दिलीप सुब्बासँग गरिएको कुराकानीको सम्पादित अंश)
आँखामा मधुपर्क हृदयमा बन्दीपुर
गुरुङ्चेको थुम्कोमा पुग्दा पूर्वतिर झलमल्ल खुलेको आकाशमा घामका किरण देखिन्छ । घाम भन्नु उज्यालो, घाम भन्नु चेतना र विकास । बन्दीपुरमा यस्ता घाम सताब्दिऔँदेखि लागिरहेकै हुन् तर घामको बुझाइ पनि समयसापेक्ष हुने रहेछ ।
गोरखाली सेनापतिको सम्झनामा नारायण मन्दिर
काभ्रेपलाञ्चोक जिल्लाको तिमाल तामाङ जातिको पुरानो सांस्कृतिक थलोका रूपमा परिचित छ ।
सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू
डडेल्धुरा, चैत २ गते । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । आजदेखि चेलीबेटीलाई भेट्ने दिन सुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।पाटन नगपालिका–१० का जानकी भट्टका अनुसार अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्त्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । “अरू संस्कृति बरू छोड्दै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।”परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ को जोगराज भट्ट बताउनुभयो ।पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार मुरलीधर अवस्थी बताउँछन् ।भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।
दुर्घटनामा एकको मृत्यु
काठमाडौँ, चैत २ गते । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ । बिहाना ४ः३० बजे प्र. ३–०२–००३ प. ६२४५ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।उपरीक्षक बोहराका अनुसार टिप्पर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा. १ ख. २६२२ नम्बरको टिप्पर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन् । सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
च्याउ खाँदा दस जना बिरामी
तनहुँ, चैत २ गते । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दस जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिरामी सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।
माछा मार्ने क्रममा एक युवकको मृत्यु
करेन्ट लगाई माछा मार्ने क्रममा मकवानपुरको मनहर गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्दै आएका एक युवकको मृत्यु भएको छ ।
ट्रयाक खोल्न सुरु
सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्र्याक खोल्न सुरु गरिएको छ । रक्षामन्त्री मानवीर राईको
पाँचथर गोल्डकप उपाधिका लागि नमोबुद्ध र मच्छिन्द्र भिड्दै
पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमो बुद्ध यूथ क्लब सप्तरीबिच हुँदै छ । शुक्रवार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
गुम्बाले जोगाएको गाउँ, बसाइ सर्न मान्दैनन् गाउँले
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँका स्थानीय स्थायी रूपमा बसोबास सार्न मान्ने गर्नु भएको छैन । लिमीको पुरानो, धार्मिक र एतिहासिक गुम्बाको डरले हल्जी गाउँका स्थानीय बसाई सराई गर्न डराई रहनु भएको हो ।
कोलम्बिया रिभर [कथा]
अमिरा भावुक देखिन्थिन् । उनी आफ्नो दायाँ हात लोग्नेको कुममा राखेर हिँडिरहेकी थिइन् ।
शैलुङमा चक्रपथ निर्माण
दोलखाको शैलुङ गाउँपालिकाले सडकलाई प्राथमिकता दिँदै पालिकाभित्र चक्रपथको ट्र्याक खोलेको छ । गाउँपालिका तथा वडास्त
निषेध (कविता)
आज यता आउने भोलि उता धाउने मौका पर्दा सबै ठाउँ रमाउने आदर्शको पाठ
अदृश्य अस्तित्व (कविता)
म अदृश्य अव्यक्त भावनाहरूको गुह्य बिसौनी हुँ, जहाँ मौनताका हरेक ध्वनिहरूले आफ्नै कथा बुन्छन् । तिम्रा दृष्टिका अनुत्तरित प्रश्नहरूको मौन प्रहर हुँ, जहाँ उत्तरले सधैँ अभावको आभास मात्र दिन्छ ।
समसामयिक नवीन कथा
साहित्यकार डिआर नवीनको आठौँ कृतिका रूपमा कथासङ्ग्रह ‘खोक्पा’ पाठकको बिचमा छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा