आज यता आउने
भोलि उता धाउने
मौका पर्दा
सबै ठाउँ रमाउने
आदर्शको पाठ
अरूलाई पढाउने
गुदी बेगरको
बोक्रो आफू समाउने
यी सबै
र यस्तै अरू पनि
धन्धुकारी झैँ
निस्केका सरोबरी
मुख थुनेर
नाकले पानी पिउनेहरू
कान थुनेर
कन्सिरी नचाउनेहरू
दिन र रातमा दर्जनौँ पटक
पिपलको पात झैँ नाच्नेहरू
मौका पर्नासाथ रङ फेर्ने छेपाराहरू
सबै सबैलाई
मेरो घर (मान्यता) को बाटो हिँड्न
मैले
निषेध गरेको छु ।