किसानको बारीमा विद्यार्थी
नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको तनहुँको एक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ ।
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल
चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु
काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”
फालेलुङका उदयद्वारा सगरमाथाको सफल आरोहण
पाँचथरको फालेलुङ गाउपालिका ३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
‘सहकारीको रकम अपचलनबारे छानबिन हुनै पर्छ’
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ । उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो ।
खगेन्द्र नवजीवन केन्द्रको नेतृत्वमाथि छानबिन हुने
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा बेथिति, अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घको नेतृत्वमाथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएपछि आर्थिक र प्रशासनिक सन्दर्भमा उठेका विषयको छानबिन अघि बढाइने बताउनुभएको हो ।
७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा
भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) को सुरुवात भएको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्वसँग जोडिएको हो । सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पुर्याउन सफल भएको छ । हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा प्रदान गरिने छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको माध्यमबाट सरकारले कर्णालीलाई सिंहदरबारसित प्रत्यक्ष रूपमा जोड्न सफल भएको बताउनुभयो । सिंहदरबारमा आइतबार भर्चुअल माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवाको शुभारम्भ गर्दै उहाँले सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा आगामी दशक सूचना प्रविधिको दशकका रूपमा मनाउने घोषणा गरेको उल्लेख गर्नुभयो ।
विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताउनुभयो ।
संसदीय छानबिन समितिको कार्यादेशमा कसरत
सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न कार्यादेश एवं क्षेत्राधिकार बनाउने जिम्मेवारी पाएको कार्यदलको ठुलो पहलका बाबजुद आइतबार पनि सहमति जुटेन । दिनभरि नै बसेको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिने गरी छलफल भएको थियो । तर सत्ता पक्ष र प्रमुख प्रतिपक्षबिच केही बुँदामा सहमति नभएपछि निष्कर्षमा पुग्न नसकेको हो ।
पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा
कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ । यस कार्यमा संलग्न रहेको अभियोगमा आयोगले आइतबार दुवै कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार साबिकको नारायणपुर गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत रहेको कित्ता नं. ९०८ को उक्त जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भए पनि २०६८ सालमा कित्ताकाट गरी व्यक्ति विशेषका नाममा सारिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।
‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक लोकार्पित
लेखक नयनबहादुर खड्काद्वारा लिखित नयाँ पुस्तक ‘तालिम व्यवस्थापन सिंहावलोकन’ को लोकर्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा डा. राजेन्द्र सुवालले सो पुस्तकको लोकर्पण गर्नुभयो ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार पटकपटक स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ बसेको छ । अहिले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दै हुनहुुन्छ ।
विद्युतीय चुलो बाँड्दै मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिकाले नागरिकलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । विद्युतको पहुँच भएको स्थानमा लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको हो ।
स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित
नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।
त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।
विदेशमा रहेका नेपालीमाथिको विभेद हटाउन आग्रह
विदेशमा रहेका नेपालीमाथि विभेद भएको भन्दै त्यहाँ रहेका पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गुनासो गरेका छन् ।
विश्वासको मत लिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दल र सत्ता समीकरणमा रहेका दलबिच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ ।”
संसदीय छानबिन गर्ने सहमति, आजैदेखि संसद् सुचारु हुने
सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो । यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको संसद् आइतबारदेखि सुचारु हुने भएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, “संसदीय छानबिन समिति बनाउने सहमति भयो । समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा साथीहरूले काम गर्ने र चारै दलका प्रतिनिधि बसेर कार्यादेशमा काम गर्ने समझदारी भएको छ ।”
सहकारी प्रकरणमा संसदीय समिति बनाउने शीर्ष नेताविच सहमति
शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।
सदन सञ्चालनका लागि सभामुखका तीन सन्देश
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र सत्ताको प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सदन सञ्चालनको विषयमा छलफल गर्नुभएको छ।
चार वर्षीय छोराद्वारा पत्रकारलाई दागबत्ती
मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
सरकारी कार्यालयबाट दश अर्ब बढी राजस्व सङ्कलन
तनहुँमा चालु आर्थिक वर्षको १० महिनामा १० अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा १० अर्ब ३४ करोड ९५ लाख ७७ हजार सातसय ५१ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।
बास्केटबल उपाधि आइएसए नेपाल र इमोर्टल क्लबलाई
धरान बास्केटबल सङ्घको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला–पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लवले चुमेको छ ।
छड्के अनुगमन, तीन होटललाई जरिवाना
कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गरिएको छ । बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ ।