• १२ साउन २०८१, शनिबार

विद्युतीय चुलो बाँड्दै मङ्गलसेन नगरपालिका

blog

शिवराज ढुङ्गाना 

अछाम, जेठ ६ गते । मङ्गलसेन नगरपालिकाले नागरिकलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । विद्युतको पहुँच भएको स्थानमा लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको हो । 

नगरको स्थायी बासिन्दाले लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले बताउनुभयो । 

आठ हजार पाँचसय लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्ति चार हजार पाँचसय मात्र नगरपालिकालाई राजस्व बुझाउनुपर्नेछ । विद्युतीय चुलो वितरण गरिने नगरपालिकाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । आवेदन दिएका घर परिवारलाई विद्युतीय इन्डक्सन चुलो, इन्डक्सन बेस प्रेसर कुकर र इन्डक्स बेस कराइ वितरण गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले बताउनुभयो । 

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोवास भएको प्रमाण खुल्ने कागजात र ४५ सय राजस्व तिरेको रसिदसहित नगरपालिकामा निवेदन पेश गर्न भनिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत चालु आर्थिक वर्षको नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सामग्री वितरण गर्न थालिएको बताइएको छ ।