राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैन : जुत्ता उत्पादक सङ्घ
फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ ।
दोलखामा चुनावी चहलपहल सुरु
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
रक्सौल–काठमाडौं रेलमार्ग डीपीआर ६ महिनामा तयार हुने
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) निर्माण ६ महिनाभित्र सक्नेगरी काम भइरहेको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार यस परियोजनाको डीपीआर अबको ६ महिनाभित्र सकिनेछ ।
यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु हुँदैछ ।
मौसम खुलेपछि किसान धान काट्न खेतमा
लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरुभएको हो ।
मुख्यमन्त्रीसहितको टोली पहिरोपीडितलाई भेट्दै
पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो ।
आचारसंहिता विपरीत मत सर्वेक्षण गरे कारबाही
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
माओवादीका २० सांसद चुनावी मैदानमा
पूर्वसभामुख अग्निप्रसाद सापकोटासहितका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रभावशाली नेताहरू सांसदको भूमिकाबाट बाहिरिँदै हुनुहुन्छ। मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ४९ मध्ये २९ जना सांसदले उम्मेदवारी दिनुभएन। सापकोटासहित माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, जयपुरी घर्ती, उपमहासचिव हरिबोल गजुरेल, सचिव सुरेन्द्र कार्कीलगायतका नेता आगामी प्रतिनिधि सभामा हुनुहुने छैन। उपाध्यक्ष महरालाई समानुपातिकमा राख्ने भनिए पनि अन्तिममा नाम समावेश भएन।
चुनाव जित्न अर्को दलको चिह्न
विचार र सिद्धान्तमा दुई ध्रुवमा रहेका दलबीचको चुनावी तालमेल पछिल्ला वर्षमा झनै मौलाएको छ। चुनावी तालमेल मात्र होइन, चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेतामा अर्को दलको चुनाव चिह्नको सहारा लिने अभ्यास पनि बिस्तारै बढ्दै गएको छ।
हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी
सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ। अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन्। पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ।
मेलम्चीको पानी ल्याउन काम सुरु
मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताउनुभयो। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।
जित्नेमा म ढुक्क छु : श्रेष्ठ चौधरी
अगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । यसमा नयाँ पार्टीका नयाँ उम्मेदवारहरु पनि समाबेश भएका छन् । ती उम्मेदवारका लागि यो अवसर र चुनौती दुबै हो ।
पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो
राधा लुइटेल फिदिम, असोज २६ गते। निरन्तरको वर्षापछि गएको पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड सुचारु भएको छ। बुधबार दिउँसो २ बजेपछि स्थानीय निकाय र प्रशासनको अग्रसरतामा सडक खुलेको हो। पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै खसेको पहिरोले बुधबार बिहानैदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो। पहिरो पन्छाएर अवरुद्ध सडक खुलेपछि पाँचथरबाट ताप्लेजुङ र ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापा पुग्ने सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सडक खुलेपछि अहिले निर्बाध रूपमा सवारी सञ्चालन भएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
साहित्यिक महोत्सव आयोजना हुँदै
नेपाल र भारतका चर्चित स्रष्टा तथा साहित्यकारहरु सहभागी हुने कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुनेभएको छ । असोज २९ र ३० गते काठमाडौँमा आयोजना हुने सो साहित्यिक महोत्सवमा दुई देशका तीन सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ ।
एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालको कवाडी बजारमा भारतीय नागरिक
भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ ।
नेप्से परिसूचक ११.३२ अङ्कले वृद्धि
पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ११.३२ अङ्क बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।
गठबन्धनको बागी उम्मेदवारी फिर्ता भएन
कपिलवस्तुमा तीन जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र दुई जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेको मुख्य निर्बाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनुभयो ।
बाढी र डुबानले दाङमा २५ सय घरमा क्षति
दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रुपमा क्षति भएको हो।
बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम
सात दिनको अविरल बर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपिडीतलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ ।
गुल्मीमा गठबन्धनविरुद्धका बागी उम्मेदवारी यथावत्
गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।
प्रदेशमा दुुई र सङ्घमा एक जनाको उम्मेदवारी फिर्ता
गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकामध्ये तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य पदका लागि एक जना र प्रदेश सभा सदस्यका लागि दुुई जनाले आफ्ना उम्दवारी फिर्ता लिनुुभएको हो ।
जुम्लामा बाढीपहिरोले बगाएको स्थानीयवासीको घर
एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न स्थानमा स्थानीयवासीको घरमा क्षति पुगेको छ ।