• १३ साउन २०८१, आइतबार

सर्लाहीमा भारतीय मिनी बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

blog

जनार्जन खत्री 

सर्लाही, वैशाख ४ गते । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको चमेलिमाई मन्दिर नजिकै आइतबार दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । 

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९ का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको हो । 

मलङ्गवा नगरपालिका–१२, मा बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । 

दुर्घटनापछि बसका चालक फरार छन् । बस प्रहरीको नियन्त्रणमा छ ।