दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै
बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।
दुई मासु पसललाई जरिवाना
बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा वध गर्ने गरेको भन्दै ती मासु पसललाई १०–१० हजार रुपियाँ जरिवाना गरेको हो ।
सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति पेस गरेर सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको हो ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, आम्दानीका आधारमा वार्षिक दस्तुर
सरकारले दूरसञ्चार सेवाप्रदायकको कुल आम्दानीका आधारमा वार्षिक शुल्क लिने नीति लागु गर्ने भएको छ । दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरणसहित विभिन्न शीर्षकका शुल्क बढी भएको सन्दर्भमा सरकारले यस्तो नीति अख्तियार गर्ने भएको हो । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रदायकबाट कुल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने तयारी भइरहेको बताउनुभयो ।
कर्मचारी सरुवा बाह्रैमास
सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा गर्यो । वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ । त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ । गत चैत र वैशाख महिनाभरमा मात्रै सरकारले शाखा अधिकृतदेखि सचिवसम्म अन्तरमन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा गरी चार सय जनाभन्दा बढी कर्मचारी सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसरी जुनसुकै बेला पनि कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता आउने विज्ञहरूको धारणा छ ।
छिचोलियो लेनडाँडा सुरुङमार्ग
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।
तापलहरको छैन मापदण्ड
तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप बढ्दै गएको छ । नेपालमा भने तापलहर अर्थात् लुको मापदण्ड नहुँदा तापक्रमजन्य प्रकोपसँग लड्ने रणनीति बनाउन अप्ठ्यारो परेको छ । विभिन्न मुलुकले लुको राष्ट्रिय मापदण्ड बनाएर अनुकूलन र न्यूनीकरणका लागि रणनीति बनाउने गरेका छन् तर नेपालमा कति तापक्रम कहाँ हुँदा तापलहर वा लु फैलन्छ भन्ने यकिन गर्न मापदण्ड नै छैन ।
चार तलामाथिबाट खसेर मजदुरको मृत्यु
घर निर्माणका क्रममा चार तले घरमाथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तलामाथिबाट खसेर शुक्रवार दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते हुनुभएको थियो ।
बरघरलाई मेलमिलाप र अपराधसंहिता तालिम
थारु संस्कृति जोगाउँदै समुदायमा मेलमिलाप र अपराधका घटना निरुत्साहन गर्न बरघरलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको छ ।
दश महिनामा पाँच हजारभन्दा बढी डढेलो
करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलोसम्बन्धी घटना भएको छ । वन तथा भू-संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।
स्वस्थानी र अरहन्त च्याम्पियन
अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
‘न्यायपालिकाप्रतिको आशङ्का निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ’
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशङ्काहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संम्वद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
अकुपन्चर विधिबाट सामान्यदेखि जटिल रोगको उपचार
अकुपन्चर चाइनामा विकास भएको एक प्राचिन उपचार पद्धति हो, भनिन्छ । यो उपचार विधि ६ हजार वर्ष अघि नै प्रचलनमा आएको बताइन्छ । अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णकाअनुसार ‘अकु’ भनेको सियो र ‘पन्चर’ भनेको घोच्ने हो ।
जग्गा सट्टापट्टाको निर्णय कांग्रेसको होइन : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झापाको गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टा गर्ने निर्णय आफ्नो पार्टी नेतृत्वको कुनै सरकारले पनि नगरेको प्रस्ट पार्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभा तथा लोकतान्त्रिक योद्धालाई सम्मान गर्न काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेतृत्वको कुनै पनि सरकारले गिरीबन्धु टी स्टेटको जग्गा साटफेरको निर्णय नगरेको बताउनुभएको हो ।
नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् । ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।
सत्तापक्ष र प्रतिपक्ष संसद्मै नोकझोक
अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आमनेसामने भएका छन् । विवादबिच कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिएका छन् ।
सरकारी सेवा एकै स्थानबाट दिने तयारी
सेवाग्राहीलाई सबै सरकारी सेवा एकै स्थानबाट प्रदान गर्ने सरकारको तयारी छ । सेवाग्राहीले एकै प्रकृतिका कामका लागि सङ्घ र प्रदेश सरकारको कार्यालयमा पुगेर सेवाप्रदायकबाट खेप्नु परेको हैरानीको अन्त्य गर्न लागिएको हो । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सेवाग्राहीले सेवा लिन विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न र सरकारी सेवा एकै स्थानबाट प्रदान गर्न नागरिक सेवा केन्द्र सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने सरकारले नीति बनाएको छ ।
मदन-आश्रितका समकालीनलाई सम्मान
कैलालीमा पहिलो पटक नेकपा (एमाले) का ज्येष्ठ पार्टी सदस्यहरुलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्तालाई सम्मानित गरेको हो।
प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसको नाराबाजी
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र वाचन गरेर सुनाउनुभएको छ ।
गुल्मीमा बस दुर्घटना हुँदा १३ घाइते
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मदन-आश्रित स्मृति दिवस : राजनीति समाजप्रति जिम्मेवार भएन
बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
आयुर्वेद शिक्षण अस्पताल बन्दै
लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद स्नातक तह (विएएमएस) सञ्चालन गर्दैआएको छ ।