• १२ साउन २०८१, शनिबार

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

blog

मृतक पत्रकार शिवेन्द्र रोहिता ।

महेन्द्रनगर (धनुषा), जेठ ५ गते । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । धनुषाको सहिदनगर नगरपालिका –८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’ का सञ्चालक तथा मकालु खबरमा कार्यरत हुनुहुन्थ्यो । 

मोटरसाइकल पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते हुनुभएको छ । उहाँको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । रासस