सिरुवा पर्वको रौनक सुरु
नयाँ वर्ष २०८० प्रारम्भसँगै मोरङका विभिन्न क्षेत्रमा सिरुवा पर्वको रौनक सुरु भएको छ। राजवंशी र ताजपुरिया समुदायले मनाउने यो पर्व १५ दिनसम्म मनाउने चलन छ। कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रूपमा मनाउन थालिएको छ। विक्रम संवत्को नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुने गर्छ। भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनि घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका बताइन्छ। परिवारबीच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले भूमिहीन बनाएको राजवंशी समुदायका अगुवाहरू स्वीकार्छन्।
उत्पादन बढाउन माटोको सुधारमा जोड दिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाउन सबैभन्दा पहिले माटोकोे सुधार तथा उपचार आवश्यक रहेको बताउनुभएको छ । कमल गाउँपालिकाको – ५ स्थित आदिबासी रंगशालामा शुक्रबार अखिल नेपाल किसान महासंघको ७ औं राष्ट्रिय महासम्मेलनको उदघाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
नयाँ वर्षको अवसरमा पदमार्ग सरसफाइ
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबजार नजिक रहेको नर्सरी-सुकेटार पदमार्गको सरसफाइ गरिएको छ।
बलात्कार मुद्दाका दोषीलाई जन्मकैद
सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।
वित्तीय संस्थाद्वारा मृत्युदाबी रकम प्रदान
ताप्लेजुङस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका आफ्ना सदस्यका आफन्तलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
प्रत्येक महिना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक महिना ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको छ । गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको हो ।
बजार प्रवर्द्धनमा लगानी गर्छौं : मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ र महिला उद्यमी समिति मोरङको २०औँ साधारण सभामा बोल्दै उहाँले उत्पादित वस्तुको बजार प्रवद्र्धनमा सरकारले लगानी गर्ने बताउनुभएको हो ।
डढेलो फैलिन थालेपछि बस्ती जोखिममा
उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पाँच पालिका सहभागि
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पाँच स्थानिय तह सहभागि भएका छन् ।
कृषि आधुनिकीकरणबाट समृद्धि सम्भव छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकरणबाट संवृद्धि हासिल हुने बताउनुभएको छ ।
पथरी शनिश्चरेमा तीन स्रष्टा सम्मानित
सिएम (चन्द्रमान) कन्दङ्वा स्मृति कोषले बुधबार मोरङको पथरी शनिश्चरेमा तीन जना स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।
कोभिड बढेपछि पूर्वी नाकामा कडाइ
भारतमा कोभिड सङ्क्रमण बढेपछि पूर्वी नाका पशुपतिनगरमा कोभिड परीक्षणमा कडाइ गरिएको छ । नेपाल–भारत सीमा नाकामा रहेको पशुपतिनगरमा हेल्थ डेक्ससमेत राखिएको हो ।
सामुदायिक विद्यालयको पुस्तक आइपुग्यो
ताप्लेजुङमा सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तक आइपुगेको छ । जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मकै सबै पाठ्य पुस्तक आइसकेको जनाएको हो ।
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।
‘सिलाम–साक्मा’ बनाउन भ्याइनभ्याइ
विराटनगर–११ निवासी शर्मिला देवान धार्मिक आस्था जनाउन घरका लागि ‘सिलाम–साक्मा’ बनाउँदै आउनुभएको थियो। लिम्बू समुदायको बाहुल्यता भएको क्षेत्रमा प्रचलित पवित्र प्रतीक ‘सिलाम–साक्मा’ मिश्रित समुदाय भएको विराटनगरमा खासै प्रचलनमा थिएन। धार्मिक आस्थाले जोडेको ‘सिलाम–साक्मा’ सांस्कृतिक र सामाजिक कार्यका बेला लगाउनेमा मात्रै सीमित थियो। तर अहिले विराटनगरमा यसको माग बढ्दै गएपछि देवानका लागि ‘सिलाम–साक्मा’ बनाउने कार्य व्यवसायमा रूपान्तरण भएको छ।
अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचय पत्र र ह्विल चेयर
मेरुदण्डको पक्षघात (स्पाइनल कड इन्ज्युरी) भएर १७ महिनादेखि ओछ्यान परेका एक व्यक्तिलाई परिचय पत्र र ह्विल चेयर प्रदान गरिएको छ ।
सामुदायिक वनमा दाउरा अभाव
मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहसँग दाउरा अभाव हुँदा अन्तिम संस्कारका क्रममा शव जलाउनसमेत समस्या परेको छ। सामुदायिक वनको आन्तरिक विवाद समाधान हुन नसक्दा सामुदायिक वनले पाँच वर्षयता नयाँ कार्ययोजना पेस गरी ढलापडा सुक्खाखडा काठ दाउरा निकाल्न सकेको छैन। जसले गर्दा मृत्युपछि मानिसको अन्तिम संस्कारका लागि दाउरासमेत अभाव भएको हो। सामान्यतया सामुदायिक वन सञ्चालक समितिले हरेक वर्ष साधारण सभाको निर्णयसहित दाउरा र काठको आवश्यकताअनुसार डिभिजन वन कार्यालयसँग कटानको स्वीकृति लिनुपर्छ तर नेपालको तराई क्षेत्रमा रहेका सामुदायिक वनमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनको नेतृत्वबीच विवाद हुँदा नयाँ कार्ययोजना पेस गर्न सकिएको छैन।
कार्यालयको बोर्ड र छापमा प्रदेशको नाम प्रयोग नगर्न आग्रह
ताप्लेजुङस्थित प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले सरकारीता गैरसरकारीलगायत कार्यालयले आफ्नो बोर्ड, छाप र लेटरप्याडमा कोशी प्रदेश प्रयोग नगर्न आग्रह गरेको छ।
आर्मीलाई हक्की उपाधि
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
प्रकोपका रूपमा फैलिँदै 'लम्पी स्किन'
खोटाङको जन्तेढुङ्गा गाउँपालिका क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ ।
सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो ।
विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।
इलाम साहित्य महोत्सव
‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
जोगीको पुर्ख्यौली पेसा सङ्कटमा
युवा पुस्तामा ‘फेरी’ लगाउने परम्परागत कामप्रति आकर्षण नभएपछि जोगीहरूको पुख्र्यौंली पेसा सङ्कटमा पर्दै गएको छ। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीलाई अचेल चैत र कात्तिक आएको गएको थाहा हुन छोडेको छ। नयाँ पुस्ताले जोगीलाई माग्ने भिखारीका रूपमा हेर्न थालेपछि जोगी समुदायका युवासमेत वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। आफूलाई पृथ्वीनारायण शाहका गुरु गोरखनाथका सन्तान भएको दाबी गर्ने जोगीहरू द्वन्द्वको १० वर्ष