पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता
आठराई गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो। यहाँका ऐतिहासिक, धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटन हबका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न कार्य प्रारम्भ गरिएको छ।
खोप सुनिश्चित गर्नु सरकारको दायित्व : मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभएको छ। प्रदेश राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभयो।
‘सेवानिवृत्त राष्ट्रसेवकलाई राज्यले प्रयोग गर्नुपर्छ’
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रका सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई राज्यले प्रयोग गर्नुपर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकामा स्थानीय इटहरा युवा क्लवले आयोजना गरेको प्रथम रतुवामाई कृषि महोत्सवको आइतबार उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’
इलामको फिक्कलमा चौथो ‘सूर्योदय सडक महोत्सव’ सुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरिएको सडक महोत्सव आइतबारदेखि सुरु भएको हो ।
गोल्ड मेडल प्राप्तिपछि नेपाली चियाको माग बढ्यो
चीनमा नेपाली चियाले ‘गोल्ड मेडल’ पाएको खबरले चियाक्षेत्र तरङ्गित भएका बेला विदेशी मुलुकबाट नेपाली चियाको माग राम्रो हुन थालेको छ । चियाको सिजन सुरु हुँदैगर्दा सिजनको सुरुमै विदेशी व्यापारीहरू नेपाली उद्योगसम्म आउन थालेका छन् ।
सिक्किमबाट घुम्न आएका ३५ वर्षीय युवकको लडेर निधन
छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चौँरी देख्दा पर्यटक मक्ख
पहिलो पटक चौँरी देख्दा झापा जिल्ला अर्जुनधाराका सुनील बराललाई अचम्मै लाग्यो। तस्बिर र भिडियोमा मात्रै देखेका जनावर उहाँले शनिबार प्रत्यक्ष देख्नुभयो। पाँचथरको फालेलुङ गाउँपालिका–४, चार राते पुग्नुभएका उहाँले पहिलो पटक चौँरी देखेको बताउनुभयो। “चौँरी फरकफरक आकार प्रकारका हुँदा रहेछन्, आफ्नो समूह नछोड्ने विशेषता फरक लाग्यो,” बरालले भन्नुभयो।
ताप्लेजुङका आधा विद्यालयमा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ।
गोली भरिएका दुई थान हतियारसहित प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरिएको छ ।
ट्याक्टर पल्टिँदा एकको मृत्यु, चार गम्भीर घाइते
मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् ।
सरकारी बेवास्ताका कारण सुक्यो ऐतिहासिक कमलपोखरी
देशभर कृत्रिम पोखरी र ताल बनाएर पर्यटक आकर्षित गरिएको बेला मोरङको सुनवर्षी नगरपालिका –१ केचनाको कमलपोखरी सुकेको छ । अहिले सुकेको ऐतिहासिक पोखरीमा पशुचौपाया चरिरहेका छन् ।
ढुङ्गा लागेर आङबुहाङको निधन
तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गा लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।
फिल्मी शैलीमा ३२ लाख लुट्ने चार जना पक्राउ
झापामा फिल्मी शैलीमा महँगो जग्गा सस्तोमा दिने भन्दै ३२ लाख ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा बैना भनेर ३२ लाख रुपियाँ लिएर फरार भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
फुङ्लिङ बजारमा सडक नापजाँच
मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङ बजारभित्र सडक नापजाँच (सीमाङ्कन) गर्न सुरु गरिएको छ। मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन दिइएको अन्तिम म्याद सकिएपछि फुङ्लिङ नगरपालिकाले सडक नापजाँच गर्न सुरु गरेको हो। सडकको दायाँ–बायाँ साढे सात मिटर कायम रहने गरी नापजाँच सुरु गरिएको नगरपालिकाले जनाएको छ।
रौता पोखरीमा धार्मिक मेला
नयाँ वर्षको उपलक्ष्यमा उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा शुक्रबार धार्मिक मेला लागेको छ। अघिल्ला केही वर्ष कोरोना महामारीका कारण प्रभावित भए पनि यस वर्ष भने रौतामा भव्य मेला लागेको छ। आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको मेला
उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)
हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ ।
रमाइलो मेलामा ठेलमठेल हुँदा १६ जना घाइते
नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको रमाइलो मेलामा ठेलमठेल हुँदा मेला हेर्न गएका १६ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनु भयो ।
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ ।
सुकेटारमा नयाँ वर्ष मनाउनेको भीड
ताप्लेजुङको सुकेटारमा नयाँ वर्ष मनाउनेको भीड लागेको छ । सदरमुकाम फुङ्लिङबजार नजिक सुकेटारमा शुक्रबार नयाँ वर्ष मनाउनेहरुको भीड लागेको हो । खुला चौर र रमणीयस्थल भएकाले नयाँ वर्षको दिन सर्वसाधारणको भीड लागेको छ ।
नयाँ बर्षको अवसरमा कोप्चे फेस्टिवल
नेपाली नयाँ बर्षको अबसर पारेर धनकुटामा कोप्चे फेस्टिवल सुरु भएको छ । धनकुटा नगारपालिका –५ स्थित बिहीबारे हटियामा आजदेखि वैशाख ३ गते सम्म ३ दिन प्रथम कोप्चे फेस्टिवल सुरु भएको हो ।
जग्गाको वर्गीकरण समयमा नहुँदा राजस्व घट्यो
ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्युन हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो ।
इलाम–माइपोखरी म्याराथनमा हुमलाल र राजपुरा विजयी
शुक्रबार भएको इलाम–माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी हुनुभएको छ । ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम हुनुभएको हो । यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम हुनुभएको छ । प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपियाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपियाँ हात पार्नुभएको छ ।
कृषिको प्राथमिक उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रोक्न माग
खाद्य सम्प्रभुता, कृषि रूपान्तरण र किसानको अधिकार सुनिश्चतका लागि भएको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन विभिन्न मागसहितका घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
अझै आएन पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र २०८० सुरु भयो तर सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन्। जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा ल्याउन नसकेपछि उदयपुरका विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिका समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका हुन्। अघिल्ला शैक्षिक वर्षहरू कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय सञ्चालन हुन नसकी घरमै बसेर अध्ययन गरेका बालबालिका यस वर्ष भने कोरोना कहरबाट मुक्त भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन प्रभावित हुनसक्ने सम्बन्धित विषय शिक्षकले बताएका छन्।