‘एमाले सरकारबाट बाहिरिएसँगै देश ओरालो लाग्दैछ’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ ।
ताप्लेजुङमा चट्याङले एकको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो ।
‘दिगो विकास लक्षित योजना आवश्यक’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति कार्यक्रम, बजेट र योजनालाई दिगो विकास लक्ष्य हासिल गर्ने कार्यक्रममा केन्द्रित गरिएको बताउनुभएको छ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सन् २०३० सम्ममा १७ लक्षित कार्यक्रम कार्यान्वयनमा आइसक्ने बताउनुभएको हो। नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले बजेट तथा कार्यक्रम, विनियोजन र साङ्केतीकरणलाई दिगो विकास लक्ष्य हासिल गराउने क्षेत्रमा यकिन गरिँदै आएको बताउनुभयो।
छ वर्ष बित्यो, पुल बनेन
गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ । पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैँले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोटाङ दुई जिल्ला जोड्ने उक्त मोटरेबल पक्की पुल छ वर्षदेखि अलपत्र हुँदै आएको हो। निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०७६ असार २९ गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो तर हलसम्म पनि पुल निर्माणको काम हुन नसक्दा कोशी नदी वारपार गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
किसानलाई प्रोत्साहन रकम वितरण
धनकुटाका एक सय ४८ दुग्ध उत्पादक कृषकले प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम पाएका छन् । धनकुटा नगरपालिका वडा नं. ३ को श्री सहकारीले आफ्नो संस्थामा आबद्ध एक सय ४८ दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु
झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
छोपिएको अवस्थामा महिलाको शव फेला
झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको शव फिलुङ्गेको नलले छोपेको अवस्थामा भेटिएको छ । वडा ६ स्थित स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको शव बिहीबार बेलुका उहाँकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय चिया दिवस मनाइँदै
राष्ट्रिय चिया दिवसका अवसरमा आज इलामको सूर्योदय नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन
चिशंखुगढी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै जिल्लामा अब मापसे परिक्षण हुने भएको हो ।
लागुऔषधका तीन कारोवारी पक्राउ
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ बाट ३ जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
बहुक्षेत्रीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम
बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
झापामा नक्कली धनी पुर्जा विक्री गर्ने पक्राउ
झापामा किर्ते नक्कली लालपुर्जा तयार पारी रकम ठगी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ७३ वर्षीय ज्ञानबहादुर गिरी रहेका छन् ।
पानी ल्याउन जुटे धरानवासी
धरान उपमहानगरमा खानेपानीको समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफैँ श्रमदानमा लागिपरेका छन्। सुक्खायाममा धरानमा पानीको निकै हाहाकार हुने गर्छ। पानीको समस्याले सर्वसाधारणलाई निकै सास्ती खेप्नुपर्ने समस्या भने नयाँ होइन। गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेन्डा नै खानेपानी थियो। धरानको मुख्य समस्या खानेपानीको समाधान गर्न धरानको खोला खोल्साबाट खानेपानी ल्याउन नगरप्रमुख राई लागिरहनुभएको छ। शनिबारको दिन श्रमबार नै घोषित गरी प्रमुख राईसँगै सर्वसाधारण जनता पनि श्रमदानमा खटिँदै आउनुभएको छ। उहाँले वर्षायाममा श्रमदानबाट नै पकुवा, निसाने, भालु खोला र सर्दुखर्दु खोलाको पानी ट्याङ्कीमा
‘कोशी प्रदेश सबै जातजाती अटाउने प्रदेश हो’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ ।
दुर्गमका विपन्न परिवारलाई सोलार वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको साम्तोङका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ। गाउँपालिकाले वडा ६ फाकुम्बा साम्तोङका विपन्न १० परिवारलाई सोलारबत्ती वितरण गरेको हो।
अर्थतन्त्रको शिथिलता अहिलेको समस्या हो : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।
महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम
उद्योग सञ्चालनगरी आय आर्जन गर्न चाहने उद्यमी महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले चार वटा वडाका नौ जना महिलालाई सीपमुलक मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।
कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनेछ : अर्थमन्त्री डा.महत
कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ ।
चट्याङ लागेर छोराको मृत्यु, बाबु–आमा घाइते
ताप्लेजुङमा बुधवार राति परेको चट्याङले लागेर नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् ।
२४ वर्ष पछि रगरगे मेला हुने
धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
गाँजासहित गाडी नियन्त्रण
भारतीय सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित भारतीय नम्बरको स्कार्पियो गाडी पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेडक्वाटर कङ्कालिनीको टोलीले बुधबार विराटनगर–१, नोबेल डेरी चोकबाट गाँजा र गाडी पक्राउ गरेको हो । इटहरीबाट विराटनगर आइरहेको बीआर–११भी ७६४५ नम्बरको सेतो–कालो गाडीलाई टङ्कीसिनवारी चोकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलको टोलीले रोक्न खोज्दा भागेको उक्त गाडीलाई पिछा गर्दा विराटनगर–१, नोबेल डेरी चोकमा रोकिएको अवस्थामा फेला परेको थियो ।
मेची पारिको विद्यालय बन्द हुँदा....
सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी) को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् ।
ढकमक्क फुलेको शिरिषको फूल
सुनसरीको इनरुवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । तस्बिर : नवीन गड्तौला,रासस
खानेपानी समस्या समाधानमा जनताको सहभागिता
धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफै श्रमदानमा उत्रेका छन् । सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।