इन्जिनियर मेहता घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्ला, बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको छ ।
जङ्गलमा लागेको आगोले बस्ती जोखिममा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गलमा लागेको आगोले बस्ती जोखिममा परेको छ । फुङ्लिङ नगरपालिका–८ दोखुको धुसेनी जङ्गलमा लागेको आगोका कारण दोखुकै ल्याङ्बा टोलको पुछार बस्ती जोखिममा परेको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङका सबै पालिका जोड्ने सडक कालोपत्रे गरिने
जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्ला सभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।
बद्रीलाललाई बुद्धिचाल उपाधि
सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जित्नु भएको छ।
सासु बुहारी मिलन कार्यक्रममा जोड
सुनसरीको गढीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सासु बुहारी सम्बन्ध सुधारका लागि छुट्टै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
शहीद रत्नकुमार वान्तवाको ४४ औं स्मृति दिवस मनाइयो
शहीद रत्नकुमार वान्तवाको ४४ औँ स्मृति दिवस तथा ७१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दुई पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
मोरङकाे पशु अस्पताल निर्माण अन्तिम चरणमा
मोरङको पथरीशनिश्चरे -३, पिपलचौकमा निर्माणाधीन पशु अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ ।
विद्युत् सर्ट हुँदा आगलागी
विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।
‘राजनीतिज्ञले समाजको भावना बुझ्नुपर्छ’
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले समाजको भावना र मानवीय पक्षलाई बुझेर राजनीतिज्ञले काम गर्न सक्नुपर्ने बताउनुभएको छ।
भेटियो नयाँ प्रजातिको माछा
विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो ।
आर्मी हक्कीको फाइनलमा
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
‘लम्पी स्किन डिजिज’ अनियन्त्रित
यस्तै, इलाम नगरपालिकामा पनि वडा नम्बर, ६, ८, ९, १०, ११, १२ मा यो रोग फैलिएको इलाम नगरपालिकाको पशु शाखाले जनाएको छ ।
चिया निर्यातमा भइरहेको समस्या समाधानका लागि पहल आवश्यक
नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरूले समन्वय गर्ने बताएका छन् ।
ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु
गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
अझै पुनर्निर्माण भएन त्रियुगा पुल
भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि चौदण्डीगढी नगरपालिका–५, सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन। नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्हा जोड्ने गरी १३ वर्षअघि अर्थात् २०६६ सालमा निर्माण सुरु भएको सो मोटरेबल पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो।
बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
४० फरार अपराधी पक्राउ
ओखलढुङ्गामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भई सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।
डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई
ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जित्नुभएको छ ।
वास्तविक किसानले अनुदान पाउने
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले वास्तविक किसानले राहत र अनुदान पाउने बताउनुभएको छ । नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले शुक्रबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशबाट प्राप्त दुग्ध कृषकहरूलाई उत्पादनका आधारमा अनुदान वितरण गरिएको थियो ।
किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेट क्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा ।
खोटाङका तीन औषधि पसलमा लगाइयो ताला
दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।
रासायनिक मलको विकल्पमा जैविक मल
खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् ।