किस्ता नतिर्दा ऋणीको घरमा बैंकले पठायो सुरक्षा गार्ड
एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
ताप्लेजुङमा औद्योगिक पर्यटन मेला सुरु
ताप्लेजुङमा मङ्गलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ।
सञ्जय र पुष्पालाई हाफम्याराथन उपाधि
झापाको बिर्तामोडमा आयोजित हाफम्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठ र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जित्नुभएको छ ।
खोलै सुकाएर विद्युत उत्पादन, किसान मर्कामा
खोटाङमा खोलै सुकाएर विधुत उत्पादन गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित साप्सु खोलाबाट विधुत उत्पादन गर्नेक्रममा आयोजनाले विधुत उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको हो ।
निर्माणाधीन परियोजनाको मन्त्री मोदीद्वारा अनुगमन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक परियोजनाको अनुगमन गर्नुभएको छ ।
अरुण तेस्रो परियोजनाका लागि पुन : सर्भे गर्न माग
नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।
मस्तिष्कबाट निकालियो हड्डी
कोशी अस्पताल विराटनगरमा सात वर्षीय बालकको टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरेर निकालिएको छ। कोशी अस्पतालमा पहिलो पटक गरिएको टाउकोको शल्यक्रिया सफल भएको हो। मोरङको जहदा गाउँपालिका–२, नयाँ टोलका सात वर्षीय बलविर राजभारको टाउकोमा बाँसको भाटाले लागेर गम्भीर चोट लागेको थियो। एक हप्तापछि उपचार गराउन कोशीमा भर्ना गरिएका बालकको १० दिनअघि शल्यक्रिया गरिएको थियो।
चैत २४ देखि सन्दकपुर महोत्सव हुँदै
आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ ।
सामूहिक च्याउ खेतीमा महिला
सुनसरीको इनरुवा नगरपालिका –३ का महिला सामूहिक च्याउखेतीमा रमाएका छन् । घरमा बस्ने महिलाले समूह बनाएर टोलमै सामूहिक च्याउ खेती सरु गरेका हुन् । इनरुवा –३ का महिलाले पारिजात महिला बहुउद्देश्यीय कृषक समूह निर्माणगरी सामूहिक च्याउ खेती सुरु गरेको नेकपा (माओवादी केन्द्र) इनरुवा नगर अध्यक्ष तोया गिरी पोदारले जानकारी दिनुभयो ।
नगर प्रमुखले मनोमानी गरेको भन्दै विरोध
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मनोमानी गरेको र अधिकारको दुरुपयोग गरेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध रहेका स्थानीय राजनीतिक दलहरूले विरोध गरेका छन् ।
पाँचथरको फालेलुङमा चौँरी पर्यटन महोत्सव
पाँचथरको फालेलुङमा २०७४ सालदेखि आयोजना हुँदै आएको चौँरी महोत्सवको छैटौँ संस्करण यो वर्ष चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।
ताप्लेजुङमा दुई शव फेला
ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा उक्त शव फेला परेको हो ।
जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउन अनिवार्य
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीहरूलाई सरकारी विद्यालयमा अध्यापन गराउने नियम अनिवार्य गरिएको छ ।
बसपार्क निर्माणमा चरम ढिलासुस्ती
जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ। व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।
गोरखापत्रकर्मी उपाध्यायलाई पत्रकारितामा ‘गोल्ड मेडल’
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विभिन्न विषयमा विद्यार्थीलाई दीक्षित गर्नुभएको छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको हो ।
गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि
ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।
‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ ।
कोशी प्रदेशको नामबाट पछि हट्यो जसपा, नेपाल
जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामबाट पछि हटेको छ ।
कागतीखेतीबाट २० लाख आम्दानी
सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।
गाईघाट–दिक्तेल सडक फराकिलो बनाइँदै
सदरमुकाम क्षेत्रमा सवारीसाधनको चाप अत्यधिक हुन थालेपछि गाईघाट–दिक्तेल सडक फराकिलो बनाउने काम सुरु भएको छ। गाईघाटस्थित पुरानो आँखा अस्पतालदेखि बोक्से, करमगाछी हुँदै बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित सडक फराकिलो बनाउने काम धमाधम भइरहेको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो।
रुखको हाँगाले लागेर महिलाको मृत्यु
झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एक जनाको ज्यान गएको छ भने एक दर्जनभन्दा बढीलाई घरबार विहीन बनाएको छ ।
मकै नउम्रेपछि किसानको लगानी खेर
झापाका किसानले उन्नत जातको भनेर लगाएको मकै नउम्रेपछि समस्या सिर्जना भएको छ भने लगानी खेर गएको छ । स्थानीय तहले अनुदानमा वितरण गरेको मकै र किसानले बजारबाट किनेर लगेको मकैको बिउ नउम्रेपछि किसानको लगानी खेर जाने अवस्था आएको हो । जिल्लाको मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको मकै नउम्रेपछि किसानले यस विषयमा आपत्ति जनाएका छन् । मेचीनगर–१०, धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलब्ध गराएको मकै किसानले यहीँबाट लगेका थिए । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउन गरिएको आह्वानअनुसार खड्का कृषि भण्डारको फर्मलाई नगरपालिकाले प्रक्रिया पु-याएर छनोट गरेको थियो । प्रतिकिलो १०४ रुपियाँ ८० पैसाको ५० प्रतिशत तिरेर किसानले मकै रोपेका थिए
खानेपानी समस्याले बसाइँ सर्दै
धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उहाँले दुःख व्यक्त गर्नुभयो, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”