• १३ मंसिर २०८१, बिहिबार

‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’

blog

मोरङ, चैत  १९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जनताले माग एवम् अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राख्नुभयो । मन्त्री राईले भन्नुभयो, “लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।” उहाँले जनताले त्यसप्रति आफ्नो असहमति जनाउन पाउने बताउनुभयो । 

उहाँले कोशी प्रदेश नामाकरणका सम्बन्धनमा असन्तुष्ट पक्षबीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारलेसमेत वार्ताबाट समाधान निकाल्ने भनेको जानकारी दिनुभयो ।

मन्त्री राईले भन्नुभयो, “कोशी प्रदेशको अलग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मातहतको निकाय नभएकाले यसको आफ्नो किसिमको आवश्यकताअनुसार गठबन्धन सरकार यहाँ सञ्चालनमा छ ।” रासस